कोरोना भाइर’सको संक्र’मण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही गतिविधि संचालन गर्न रोक लगाएको छ।
प्रशासनले साउन ३० देखि लागू हुने गरी जमघट हुने गरी धार्मिक कार्य गर्न, भिडभाड गर्न र नारा’जुलुस लगाउन प्रतिबन्ध लगा’एको हो। यस्तो प्रतिबन्ध भदौ १५ सम्म लागू हुनेछ।
यस्तै कुनै पनि तालिम तथा गोष्ठी गर्नसमेत प्रशासनले रोक लगाएको छ। तोकिएका गति’विधि नि’षेध गरिएको सम’यमा संचालन गरे कारबाही गरिने समेत प्रशासनले स्पष्ट पारेको छ।
प्रशासनले जारी गरेको आदेश उल्लं’घन गरे स्थानीय प्रशासन ऐन, २०२८’ को दफा ६ (३) बमोजिम कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ। ऐनअनुसार आदेश उल्लंघन गर्ने व्यक्ति’लाई प्रहरीले गि’रफ्तार गर्नेछ। गिरफ्ता’र गरिएका व्यक्तिलाई तुरून्त प्रह’रीले प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नुपर्नेछ।
प्रमुख जि’ल्ला अधिकारीले ती व्यक्ति’लाई उपयुक्त सम्झेको संक्षिप्त कार्यविधि अपनाई एक महिनासम्म कै’द वा एक हजार रूपैयाँसम्म जरिवाना वा दुवै स’जाय गर्न सक्नेछन्। उक्त सजा’यको आदेश चित्त नबुझेमा उच्च अदालतमा पुनरावेदन लाग्नेछ।
प्रशासनले रोक लगा’एका गतिविधि
-खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीड’भाड गर्न, सभा जुलुस गर्न।
-भीड’भाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव संचालन गर्न।
-दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु।
-उद्योग व्यापार, व्यवसाय अन्तर्गत’का स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलापहरु।
-चाडपर्व लगायतका धार्मिक सांस्कृ’तिक कार्य गर्नका लागि हुने जमघटहरु।
-शैक्षिक संस्थाहरु संचालन गर्न।
-सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी
-प्यालेस, मनोर’जन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडिया’खाना संचालन गर्न।
-फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न।
-उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकर’कामदारको ओ’सार पसार गर्न।
-टेक वे बाहेक होटल, रेस्टुराँ सञ्चालन गर्न। – नेपाल लाईभ बाट साभार
प्रतिकृया दिनुहोस्