रोजगारीको लागि वा अन्य किसिमले दक्षिण कोरियामा बसोबास गरिरहेका नेपालीका लागि भन्दै दुई नेपाली युवाले Stories Tellers कार्यक्रम सञ्चालनमा ल्याएका छन् । विराटनगरका राल्फ गिरी र सिन्धुपाल्चोकका अरुण श्रेष्ठ ‘ईपीएस छिङ्गु’ले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरेका हुन् । उनीहरू दुवै दक्षिण कोरियामा रोजगार गरिरहेका छन् ।

कोरियामा गरेको दुःख, संघर्ष र सफलतालाई भिडियो मार्फत व्यक्त गर्ने प्ल्याटफोर्मको रुपमा संचालन गरिरहेको कार्यक्रम Stories Korea नामको युटुब च्यानलमा सार्वजनिक गर्ने गरिएको राल्फ गिरी बताउँछन् ।

हरेक हप्ता उक्त युटुब च्यानलमा एउटा भिडियो अपलोड गरिने गरिएको छ । अहिले सम्म ६ जनाले आफ्नो कथा सुनाई सकेका छन् । र त्यसको प्रतिक्रिया पनि राम्रो आइरहेको गिरी बताउँछन् ।

Stories Tellers के को लागि ?
यो कार्यक्रम कोरियामा कार्यरत नेपालीहरुको दुःख संघर्षलाई व्यक्त गरी अन्य नेपाली हरुले भोगिरहेको दुःख कष्टलाई हल्का गर्नका लागि ल्याईएको ईपीएस छिङ्गुको भनाई छ ।
उनी भन्छन्: आफूलाई मात्र दुःख पीडा परेको भन्ने मनोविज्ञानलाई चिर्नको लागि यो कार्यक्रमले सघाउँछ र डिप्रेसनमा परेकाहरूलाई पनि यसले बाहिर ल्याउन सहज पुर्याउँछ। हौशला र उत्प्रेरणा बढाउँछ भन्ने हेतुले यो कार्यक्रम गरिएको हो । यसले सबैको दुःख बराबरी रहेछ र परदेशमा रहेका नेपालीहरुको दुःख साझा हो भन्ने धारणा को विकास गराउँछ । ”
कसले सुनाउन सक्छ त आफ्नो भोगाइको कथा ?
स्टोरी टेलरमा जो सुकैले पनी आफ्नो कथा सुनाउन सक्ने राल्फ गिरी बताउँछन् । मेरो कथाले अरूलाई सकारात्मक संदेश दिन्छ भन्ने लाग्ने जतिले आफ्नो भोगाई सुनाउन सक्नेछन् । जसले अरूलाई पनि उत्प्रेरणा मिलोस् ।
कार्यक्रम उत्पादन सहयोगीको खोजी
Sotoris Tellers कार्यक्रम स्पोन्सर अहिले सम्म नभएकाले ईच्छुक हुनेले कार्यक्रम उत्पादन सहयोग गर्न हुन
कार्यक्रम टिमले अनुरोध गरेको छ । अहिले सम्म व्यक्तिगत खर्च बाटनै कार्यक्रम चलिरहेकोले स्पोन्सर गर्न चाहनेका लागि आह्वान गरिएको छ ।
कार्यक्रमम निर्माणमा एन आर एन कोरियाले उक्त कार्यक्रमलाई चाहिने हलको व्यवस्थापन गरेको छ । त्यस्तै संदेश लिम्बू , विकास राई ‘अज्ञात , विक्रम योञ्जन, आशिष कार्की लगायतको प्राविधिक सहयोग रहेको छ । र यो कार्यक्रम एक सय एपिसोड सम्म पुर्याउने योजना रहेको राल्फ गिरी बताउँछन् ।
प्रतिकृया दिनुहोस्