सङ्ना”मदोङस्थित नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा एक जना कोरियाली पाहुना ढोका धकेल्दै खु”सी मुद्रामा भित्र छिरे। रेष्टुरेन्टको चारैतिर नियाले। ती कोरियाली पाहुनाले भने, ‘लोकेन साहुजी बधाई छ, हामीबाट कुनै सहयोग आवश्यक परे सम्झनु होला।’कोरियाली ग्राहक त उनको रेष्टुरेन्टमा दैनिक’जसो आइरहन्छन् तर ती ग्राहक अन्य पाहुनाभन्दा लोकेन्द्र सुवेदीका लागि विशेष थिए।
ती कोरियाली ग्राहक किम दोङ इल, जसलाई सुवे’दीले आजभन्दा ११ वर्षअघि कोरियामा कम्पनी प्रवेश गर्दा पहिलो पटक भेटेका थिए। सुवेदी कामदारका रुपमा को’रिया प्रवेश गरेका थिए। उन’लाई बोलाएका थिए, उनै किम दोङ इलले। रोजगारदातालाई सुवेदीले साठी डिग्री झुकेर इन्सा (ढोग) गरेका थिए।
कोरियाको राजधानी सोलदेखि ४ सय किमी दक्षिणी क्षेत्रमा पर्ने उल्सानस्थित कार्पे’ट बनाउने कम्पनी सञ्चा’लन गरिरहेका किमले नेपालमा अवसरको खोजीमा भौंतारिएको एक २३ वर्षीया ठिटो सुवेदीलाई त्यतिबेला श्रमिकको रुपमा आफ्नो कम्पनीमा ल्याएका थिए।
सुवेदीले उनैको कम्पनीमा ८ वर्षस’म्म निरन्तर काम गरे। कडा मिहिनेत गरे, दिनरात काम गरे। सुरुसुरुमा काम नजान्दा उनै रोजगारदाता किमको मुखबाट धेरै पटक सुवेदीले गा’ली पनि खानुपरेको थियो।
कोरियामा काम नजान्दा वा रिसा’उँदा धेरै प्रयोग गरिने शब्द सेक्या (कुकुरको बच्चा) उनले धेरै पटक सुने। मेसिनसँग अभ्यस्त नभएका सुवेदीलाई हात’मा काम आउन गाह्रो भयो। किमले पनि सुवेदीलाई सुरुसुरुमा सेक्या शब्द प्रयोग गरेर धेरै हप्का’एर काममा लगाएको सम्झिन्छन् उनी।
‘हिजो जसले सेक्या, पाल्ली हे (कुकुरको बच्चा, छिटो छिटो काम गर) भन्दै काम”मा लगाउँथ्यो आज उसैको मुखबाट साजाङ निम (साहु जी) सुन्न पाउनु एउटा निम्नवर्गीय परिवारबाट संघर्ष गर्दै यहाँ पुगेको मान्छेका लागि गर्वको कुरा थियो,’ सुवे’दीले विगत सम्झिए ।
उनी आजभन्दा ११ वर्षअघि विराटनगरस्थित रिलायन्स स्प्रिङ मिलमा काम गर्दै आफ्नो स्नातक तह’को पढाइलाई निरन्त’रता दिइरहेका थिए। एक दिन कार्याल’यमा पत्रिका पढ्दै गर्दा साठी हजार तलब सुविधा भएको गजबको रोजगारी गन्तव्य कोरिया रहेको भन्ने खबर पढे।
अन्त्यमा एक कोरि’याली र एक नेपाली व्यवसायीको साझेदारीमा सञ्चा’लनमा रहेको नेपाली ‘नमस्कार रेष्टुरेन्ट’ लोकेन्द्र साझेदार बनेर आफैंले एक वर्षदेखि सञ्चालन गरिर’हेका छन्। दुई जना साझेदार नेपालमा कृषि, शिक्षा र ढुवानी व्यवसाय गरिरहेका छन् भने लोकेन्द्रले कोरियामैं रेष्टुरेन्ट व्यवसाय गरिरहेका छन्।
सुरुमा श्रमिक’को रुपमा ‘काम गर्न कोरिया आएका लोकेन्द्र अहिले कोरियामैं साहुजी बनेका छन्। लोकेन्द्रको उल्सान क्षेत्रमै रहेको अर्को रेष्टुरेन्टमा पनि साझेदारी छ। उनका दुई वटा रेष्टुरेन्टमा गर्ने ११ जना कामदार छन्। वर्षौँको मिहिनेतले आफ्नै व्य’वसाय गर्न पाउँदा आफूखुसी रहेको लोकेन्द्र बताउँछन्।

श्रमिकको रुपमा कम्प’नीमा काम गर्दा शारीरिक थकान बाहेक मानसिक दबाब नहुने तर आफ्नै व्यवसाय गर्दा मानसिक थकान भने अलि बढी हुने अनुभ’व उनले सुनाए। उनी ठट्टा गर्दै भन्छन्, ‘पहिला घडीको सुई हेरेर काम गरिन्थ्यो, घडीको सुई छिटो’छिटो दौडिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो, अहिले आफ्नै व्यवसायमा चाहिँ यो घडीको सुई अलि विस्तारै घुमोस् जस्तो लाग्छ।’
सुवेदीले रेष्टुरेन्ट व्यवसा’यबाट सन्तुष्ट रहेको बताए। नेपालमा अर्काको काम गरे पनि थोरैधेरै व्यवसायीका समस्या नि’याल्ने अवसर पाएका सुवेदी नेपा’लमा व्यवसाय गरेर हुने नाफा-घाटाको भन्दा पनि लगानीको सुरक्षा गर्नै समस्या पर्ने बताउँछन्।
नेपालमा लगानीको र लगानी’कर्ताको सुरक्षाको ग्यारे’न्टी सरकारले व्यावहा’रिक रुपमै लिने वातावरण भएमा अहिले पनि सानोतिनो उत्पादनमूलक व्यवसाय आफ्नै देशमा गर्ने सोच रहेको सुवेदीले बताए।
उनी थप्छन्, ‘नेपालमा व्यव’साय गरिरहनु भएका’हरुले चन्दा आतङ्क, राजनीतिक दबाब र अस्वस्थ प्रतिस्पर्धा जस्ता यावत् समस्याका कारण फेरि विदेश पलाय’न भइरहेको देखेर हात हाल्न आँट आएन’। हामी विदेशमा रहेका नेपालीहरु आफ्नै देशमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न इच्छुक छौँ तर यति दु:ख अनि मिहि’नेत गरेर जम्मा गरेको लगानीको सुरक्षा हुनेमा विस्वस्त छैनौँ।’
सुवेदी अहिले श्रीमती र एक छोरीसहित कोरि’यामा श्रमिकबाट व्यवसायी बनेर रमाइर’हेका छन्। विभिन्न संस्थामा आवद्ध रहेका उनी सामाजिक सेवामा पनि सक्रि’य छन्। उनी यहाँका नेपाली’हरुलाई भैपरी आउने समस्यामा सहयोग गर्दै आएका छन्।
भाषामा कमजोर नेपालीह’रुका लागि अस्पतालमा दोभाषेको काम गरिदिने, प्रहरी चौकीमा दोभाषेको का’म गरेर पनि सहयोग गर्दै आएका छन्। – यो सामग्री शिव भुषाल ले तयार परेका हुन् ।
प्रतिकृया दिनुहोस्