दक्षिण कोरियाको राजधानी सोलमा कोरोना भाइरसको महा’मारी पछि नयाँ बस स्टप बनाइएको छ ।
जसमा तापमान नाप्ने ढोका र अल्ट्रावायलेट डिसइन्फेक्सन सहितको व्यवस्था गरिएको छ । यसलाई कोरोना रोक्ने बस स्टप भनिएको छ ।
बस स्टपभित्र जानुभन्दा पहिला यात्रु’लाई अटोमेटिक थर्मल इमेजिंग क्यामराको माध्यमबाट तापमान चेक गरिन्छ ।
यदि कसैको तापक्रम ३७.५ डिग्री सेल्सियस भन्दा बढी छ भने ढोका नै नखुल्ने व्यवस्था गरिएको छ ।यस किसिमको एक बस स्टप बनाउन करिब ८४ हजार डलर खर्च लागेको मिडिया रि’पोर्टमा उल्लेख गरिएको छ ।
यो बस स्टपलाई पहिलो पटक प्रयोग गरेका ४९ बर्षिय किम जु लीले बिबिसीसँग कुरा गर्दै यो बस स्टप आफुला’ई निकै सुरक्षित लागेको बताए’का छन् । उनले यस भित्र बस्ने सबैको तापमान चेक गरिएको र सबैले सुरक्षित महसुस गर्न सक्ने बताए ।
यो पनि …कोरिया जान नाम निकालेकाको भिषा रद्द हुन थाल्यो,कामदार निराश !
ईपीएस परिक्षा पास गरी सबै प्रक्रि’या पुरा गरेर पनि कोरिया जान नपाएकाहरु निराश भएका छन् ।
कडा मेहनत गरेर कोरियाको लागि नाम निकाले पनि जान नपाउँदा ८ हजार नेपाली कामदारहरु निराश भए’का हुन् । कोरिया जाने व्यवस्था मिलाईदिन उनीह’रुले ईपीएस संघर्ष समिति मार्फत बारम्बार आग्रह गरेपनि सरकारले माग सम्बोधन गर्न सकेको छैन ।
लक’डाउन भएको कार’ण अन्तराष्ट्रिय उडान नहुँदा उनीहरु कोरिया जानबाट बन्चित भएका हुन् । सबै प्रक्रिया पुरा गरेका’हरुको भिषा कोरिया सरकारले खारेज गर्न थालेपछि उनीहरु थप निराश बनेका हुन् ।
लकडाउनकै बीच करिब आठ सय नेपालीको भिसा रद्द भैसकेको संघर्स समितीका संयोजक अजय सो’डारी बताउछन् । नेपाल’बाट कोरीया जान अहिले उडान नभए पनि चार्टर उडानको ब्यबस्था सरकारले गरे त्यसको सबै खर्च आफुहरुले नै बेहोर्ने सोडारी बताउँछन् ।
कडा मिहेनत र परिश्रम गरेर बल्ल बल्ल कोरियाको ला’गि नाम निकालेकोमा त्यो पनि व्यर्थ हुनेहो कि भन्ने चिन्ता छ उनलाई ।
धेरै जनाको भिसा रद्द भईस’क्दा पनि सरकारले कुनै चासो नदेखाएको उनको गुनासो छ । उनका अनुसार भिसा र’द्द हुँदा कोरिया जानकोलागि फेरी भाषा पास गरेर सबै प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ।
सरकार भन्छ ‘काम हुदै छ’
वैदेशिक रोजगार विभा’गका महानिर्देशक कृष्णप्रसाद दाहाल यसबारे कोरिया सरकारसँग समन्वय भइरहेको र अब छिटै स’मस्या समाधान हुने बताउछन् । छलफल र समन्वय’बारेमा थप जानकारी लिन खोज्दा उनले केहि बताएनन्।
यसै विषयमा श्रम, रोजगार तथा सामाजिक सु’रक्षा मन्त्रालयका प्रवक्त सुमन घि’मिरेको पनि जवाफ महानिर्देशक दाहालको जस्तै मिल्दो जुल्दो छ। महामारीका कारण उनीहरु कोरिया जा’नबाट रोकिएको र कोरिया सरकारसंग आवश्यक समन्वय गरीरहेको उनी बताउछन् ।
तर काहिले देखि उनीहरुलाई कोरिया लैजा’ने व्यवस्था हुन्छ भन्ने विषयमा जवाफ दिन उनी पनि आलटाल गर्छन् । उनी पनि समस्या चाडै समाधान हुने बताउछन्।
राम्रो आय हुने भएकाले ठुलो संख्या’मा नेपालीहरु श्रम गर्न कोरिया जाने गरेका छन् । – बीज पाटी
प्रतिकृया दिनुहोस्