सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहि’रोमा परेर हराइरहेकामध्ये १६ जनाको शव भेटिएको छ । आज थप ५ जनाको श’व भेटिएसँगै ज्या’न गुमा’उनेको संख्या १६ पुगेको हो । उनीहरु सबैको परिचय खुलेको छ ।
आज जुगल गाउँपालिका-२ का १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यांमा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कविर दोङको श’व भेटिएको हो ।
यस्तै हिजो ३६ वर्षकी टिकामायाँ दोङ, १४ वर्षका छि’रिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ५ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावा लामु दोङ, ५ वर्ष’की प्रिती दोङ र ५ महिनाकी तारा लामु दोङको श’व भेटिएको थियो ।
पहिरोमा पुरि’एर आज जीवितै उद्धार ग’रिएका दावा ग्याल्बो दोङको चौतारामा उप’चार भैरहेको छ । ९ वर्षका रुप बहादुर दोङ उपचारपछि घर फर्किएका छन् भने आज भेटिएका दावा ग्याल्बो दोङ’सहित ५ जनाको चौतारा र काठमाण्डौमा उप’चार भैरहेको छ । – उज्यालो अनलाइन (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्