मोरङको विराटनगर महानगर’पालिका-३ मा शनिबार राति ९ बजे एक ८७ वर्षीया वृद्धाको मृ त्यु भयो। उनी कोरोना भाइ’रस संक्रमित नभए पनि संक्रमणमा पर्ने डरका कारण कोही मला’मी भएनन्।
घरबाट श’व उठ्ने अवस्था भएन। तब छिमेकी र प्रशासनको समन्वयमा नेपाली सेनाले संक्रमित’जस्तो गरी आइत’बार साँझ उनको श’व व्यवस्थापन गरेको छ।
कोरोना पोजिटिभ देखिएकाको श’व मात्रै सेनाले व्यवस्थापन गर्छ। नेगेटिभ देखिए श’व आफन्तलाई जिम्मा लगाइन्छ। ती वृद्धाको परिवारका सदस्य भने संक्रमित छन्।
उनका ५६ वर्षीय छोरा गत मंगलबारदेखि मारवाडी सेवा सदनको आइसोलेसनमा छन्। ५० वर्षीया बुहारी र २८ वर्षीय नातिको रिपोर्ट पनि पोजिटिभ आएको छ। वृद्धाको भने रिपोर्ट नेगे’टिभ देखिएको छ।
स्याहारसुसार गर्ने बुहारी र त्यही घरमा बस्ने नातिमा कोरोना देखिएपछि वृद्धाको रिपोर्ट नेगेटिभ आए पनि छरछिमेकी घरमा पसेर श’व उठाउन डराए’को स्थानीय कुमार धमलाले बताए।
ती वृद्धामा पनि कोरोनासँग मिल्दोजुल्दो लक्ष’ण भने देखिएको थियो। उनको मृ’त्युपछि बुहारी र नाति भने श’व रुँघेर बसेका थिए।
उनका छोरामा कोरोना देखिएपछि पारिवारिक नाता सम्बन्धका सदस्यको परीक्षण गर्न बुधबार स्वाब संकलन गरिएको थियो। प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाबाट वृद्धा’सहित उनकी बुहारी र नातिको रिपोर्ट आइतबार बिहान मात्रै आयो।
प्रयोगशालाले पटक-पटक परीक्षण गर्दा पनि वृ’द्धाको रिपोर्ट भने नेगेटिभ आएको जनाएपछि दाह’संस्कार गर्न परिवारका सदस्य र आफन्तलाई अनुमति दिइयो। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ । (साङ्केतिक तस्बिर)
प्रतिकृया दिनुहोस्