Sunday, September 24

घरमा आमाको मृ’त्यु, छोराबुहारी र नातीमा कोरोना पोजेटिभ, सेनाले गर्यो श’वको व्यवस्थापन

August 17, 2020 960

विराटनगर महानगरपालिका वडा नं. ३ पृथ्वी चोककी ८७ बर्षीया बृद्धाको गए शनिबार राति आफ्नै घरमा मृ त्यु भएको छ । तर, उनको श’व उठाउने छोरा मंगलबारदेखि कोरोना संक्र’मण देखिएका कारण अइसोलेसनमा बसेका छन् ।

बद्धालाई पनि ज्वरो आउने भइरहेको थियो । छोरा आइसोलेसनमा गएपछि परिवारका सवैको पीसीआर टेष्ट गरेको हो । तर बुहारी र नातिको पोजेटिभ रिपोर्ट आयो भने मृत’क बुद्धाको नेगेटिभ रिपोट आयो ।

छोरा आइ’सोलेसनमा उपचाररत रहेकै अवस्थामा आमाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा मृ त्यु भएको हो । आफुसंगै बसेकी बुहारीको रिपोट पोजेटिभ आएका कारण आफन्त नातागोता र छर छिमेकीहरु कोही पनि श’व व्यवस्थापनमा जुटेनन् ।

विराटनगर महानगरपािलका, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा थलाहा स्थित नेपाली सेनाले श’व ब्यवस्थापन गरेको वडा नं. ३ का वाध्यक्ष विनोद वस्नेतले जान’कारी दिनु भयो ।

उहाँले दुइपटक सम्म स्वाब परीक्षण गर्दा समेत बद्धाको रिपोट नेगेटिभ आएका कारण कोरोना सं’क्रमण नभएको बताउनु भयो । तर छोरा बुहारी र नातिलाई संक्र’मण भए पछि डरा’एर छिमेकी र आफन्तहरुले बृद्धाको अन्तिम संस्कार गर्न नपुगेपछि नेपाली सेनालाई जिम्मा लगाइएको अध्यक्ष वस्नेतले बताउनु भयो ।

यसैगरी धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित भएर मृ त्यु भएकी विराटनगर महानगरपालिका वडा नं। २ की ५० बर्षीया महिलाको नेपाली सेनाले अन्तिम संस्का’र गरेको छ ।

उनलाई शनिबार विराटनगर स्थित न्यूरो अस्पतालबाट वीपी कोइराता स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । न्यूरोमा उप’चार गराइरहेकी उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि थप उपचारको लागि धरान रिफर गरिएको थियो ।

मृ’तक महिलाको श्वासप्रश्वासमा समस्या अत्या’धिक ज्वरो आएको र खोकी साथै फोक्सो र मुटुमा स’मस्या भएको सो प्रतिष्ठानले जनाएको छ ।

उपचारकै क्रममा उनको गए राति मृ त्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनु भयो । धरान पुग्दा उनको स्वास्थ्यमा धेरै स’मस्या भइसकेको थियो र उपचार गर्दा गर्दै उनको मृ त्यु भएको जनाइएको छ ।

नेपाली सेनाले कानेपोखरीको जंगलमा उनको अन्तिम संस्कार गरेको हो । प्रदेशमा कोरोनाको कारण ज्या’न गुमा’उने पहिलो महिला हुन । योसंगै विराटनगरमा मृ’त्यु हुनेको संख्या ७ पुगेको छ भने मोरङमा १० पुगेको छ । – न्युज २४ नेपाल बाट (फाईल तस्बिर)

प्रतिकृया दिनुहोस्