Thursday, October 21

आजबाट पुन विदेशबाट उद्धार उडान सुरु, कुन मुलुकबाट कति उडान ? हेर्नुहोस्

August 17, 2020 846

सरकारले निर्णय गरे अनुसार आजबाट बिदे’शमा अलपत्र परेका नेपालीहरुको पाँचाैं चरणकाे उद्धारका उडानहरु सु’चारु हुँदैछन् । यसअघि सरकारले भदौ १ अर्थात आज’बाट नियमित उडानको अनुमति दिने भनेपनि नेपा’लमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि १५ दिन पछि सारेको छ ।

तर विदेशमा अलपत्र परेका नेपाली’हरुको उद्धार कार्यलाई भने निरन्तरता भदौ १ गतेबाट दिने निर्णय गरेको थियो । निर्णय अनु’सार आजदेखि १५ दिनसम्म निरन्तर उद्धार’का उडान हुनेछन् ।

कोरोना भाइरसको संक्रमणका कारण प्रभावित भएका नेपालीहरुको अवस्था हेरेर सरकारले स्वदेश ल्याउने निर्णय अनुसार दैनिक ५०० नेपाली आउने छन् ।

जसमा ३०० नेपाली आफ्नै खर्चमा आउने र २०० जना भने सरकारी खर्चमा आउन पाउनेछन् । स्वदेश फर्किने नेपाली यात्रुहरु’ले स्वास्थ्य परीक्षणको प्रमाण पत्र अनिवार्य समावेश गराउनुपर्नेछ । उनीहरुले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ आएको प्रमाण’पत्र बुझाउनु पर्नेछ ।

पाँचौं चरणको उद्धार उडानका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्र बार नै ४३ वटा उडान लाई अनुमति दिइ सकेको छ । यो उडान मार्फत कम्तिमा पनि ७ हजारभन्दा बढी नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ । अनुमति पाउने विमान हरुमा नेपाल वायुसेवा निगमका १७ र हिमालय एयर लाइन्सका १५ उडान रहेका छन् ।

त्यस्तै युरोप र अमेरिकामा अलपत्र परेका नेपालीका लागि टर्किस एयरले अनुमति पाएको छ । त्यस बाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरे’बिया, इतिहाद एयर र सिल्क एयरले अनुमति दिइएकाे छ ।

कुन देशबाट कति उडान ? हेर्नुहोस्

यसअघिका उद्धारमा सबैभन्दा धेरै नेपाली (यूएई)बाट आएका थिए । हालसम्म बिदेशमा अलपत्र परेका ५० हजार ४ सय १३ नेपाली’को उद्धार भइसकेको सरकारी तथ्याङ्क छ । जसमा यूएईबाट मात्रै १४ हजार ६५ जना नेपाली घर फर्किए’को तथ्यांक रहेको छ ।

यसपटक पनि सबैभन्दा धेरै उडान यूएइ बाटै हुने भएको छ । पाँचौ उद्धार उडानमा (यूएई)को दुबइबाट ८, कतारको दोहाबाट ७, मलेशियाको क्लालालम्पुरबाट ६, दम्माम र अबुधाबी बाट ५-५, कुवेतबाट ३, साउदी रियाद र सारजाहाबाट २-२ र अमेरिका, जापान, जेद्दा, कोरिया र अस्ट्रेलियाबाट १-१ गरी ४३ वटा उडान हुने बताइएको छ ।

यसका साथै ३१ उडामार्फत युरो’पीयन मुलुकहरु, अमेरिका र अफ्रिकाबाट फर्किने नेपालीहरु पनि समावेश हुनसक्ने एमसीसीले जनाएको छ । उनीहरुलाई तोकिएका गन्तव्य’सम्म ट्रान्जिट बनाएर नेपाल आउन आउने ब्यवस्था गरिएको बताइ’एको छ । – न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्