Wednesday, April 14

दक्षिण कोरियामा कोरोना सङ्क्रमित विदेशीले उपचार खर्च आफैं व्यहोर्नुपर्ने, यस्तो छ नियम

August 17, 2020 369

विदेशबाट दक्षिण कोरिया भित्रिएका कोभिड–१९ सङ्क्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लङ्घन गर्ने विरामीले उपचार खर्च आफै व्यहोर्नुपर्ने भएको छ । कोरिया सरकारले सोम’बारबाट लागु हुने गरी यो व्यवस्था गरेको हो ।

स्वास्थ्य अधिकारीहरूका अनुसार कोरियाले विदेशबाट आए’का कोभिड–१९ सङ्क्रमित बिरामीहरूलाई उनीहरूको मेडिकल सेवाको लागत भुक्तान गर्न अनुरोध गर्नेछ ।

यही अगष्ट २४ देखि देशले कूटनीतिक सम्बन्धमा पारस्परिक सम्बन्धको सिद्धान्तलाई ध्यानमा राखेर विदेशीहरूलाई फरक रकम लगाउने दक्षिण कोरियाली अधिका’रीहरूले बताएका छन् ।

अहिले’सम्म दक्षिण कोरियाले स्वदेशी तथा विदेशी सबै कोभिड–१९ विरामीहरुलाई निःशुल्क चिकित्सा से’वाहरु प्रदान गर्दै आएको थियो ।

महा’मारी लामो समयसम्म अन्त्य नहुँदा करदाताहरुलाई थप भार पर्र्ने भन्दै सरकारले विदेशी बिरा’मीहरुलाई बोझ बाँड्न आह्वान गरेको हो । दक्षिण कोरिया यसको निःशुल्क शुल्कको उप’चार नीति परिवर्तन गर्दा आउने कूटनीतिक समस्या’बारे सचेत रहेको छ ।

यद्यपि समुदायमा सङ्क्रमण नियन्त्रणका लागि अझै पनि भाइरस सङ्क्रमित विदेशीलाई आवश्यकता अनुसार केही वा सबै खर्चमा छुट दिने सरकारी अधिकारीहरूले बताएका छन् ।

दक्षिण कोरि’यामा विगत पाँच महिना यता आइत’बार सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै पुगेको छ । आइतबार सङ्क्र’मितको सङ्ख्या २७९ पुगेको थियो भने यो सङ्ख्यामा सोम’बार भने सामान्य कमी आउँदा थप १९७ सङ्क्रमित भएका छन् ।

दक्षिण कोरियाको राष्ट्रिय रो’ग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म यहाँ कूल सङ्क्र’मितको सङ्ख्या १५ हजार ५१५ पुगेको छ भने ३०५ सङ्क्रमितको मृ त्यु भएको छ । – खबर हब

प्रतिकृया दिनुहोस्