राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा’फल सोमबार साँझ प्रका’शित गरेको छ। सोम’बार बसेको बोर्डको बैठकले एसईई परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित भएकोे हो।
यसपटक बोर्डले ब”नाएको मापदण्डका आधा’रमा सम्बन्धित विद्यालयले नै विद्यार्थीलाई अंक प्रदान ग’रेका छन्। सोहि मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशित गरेको हो।
बोर्डका अनुसार ४ लाख ७२ हजार ७८ जनाको परीक्षा’फल प्रकाशित गरिएको हो। शि’क्षाविद् प्रा.डा. विद्यानाथ कोइ’रालाले यो नतिजा कक्षा ११ पढ्नका लागि निकालिएको हुँदा यसलाई ठूलो रुप’मा लिन नहुने बताए।
सम्बन्धित विद्या’लयका प्रधानाध्या’पकको अध्यक्षताको ३ सदस्यीय मूल्यांकन समितिले आन्तरिक मूल्यांकनका आधारमा कक्षा १० का विद्यार्थीको नतिजा तयार गरेको थियो। विद्या’लयले पठाएको सोही नतिजालाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेको हो।
मूल्यांकनका ला_गि राष्ट्रिय परीक्षा बो&र्डले मापदण्ड तय गरेको थियो। विद्याल_यका प्रधानाध्यापकसहित सम्बन्धित कक्षा शिक्षक र नियुक्तिका आधारमा वरिष्ठ शिक्षक रहने गरी मूल्यां&कन समिति गठन गरेर नतिजा तयार गरिएको थियो।
विद्यार्थीको विवरण झु&ठा ठहरेमा वा गलत विवरण पेस गरेको पाइए मूल्यांकन समिति नै जवाफदेही हुने गरी का&र्यविधि बनाईएको थियो ।
माध्यमिक शिक्षा पाठ्य’क्रम, २०७१ अनुसार विद्यालयहरुले लिएका पछिल्लो’ पटकको परीक्षाको अंकलाई विषयगत पूर्णाङ्क अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने कार्यविधिमा उल्लेख व्यवस्था छ।
विद्यार्थीको प्रयो’गात्मक प्राप्तांक चढा’उँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरणमा फ’रक नपर्ने गरी सोही अंक चढाउनु पर्ने व्यवस्था गरिएको छ।
विद्या’लयले यी मापदण्ड पूरा गरेर आ’फ्नो विद्यालयको कोड एक्सेल फरम्याटमा विद्यार्थीको प्राप्ताङ्क लेखी मूल्याँकन समितिबाट प्रमाणित गराई असार २० भित्र बुझाएका थिए।
नतिजा प्रकाशन पश्चात पुन’र्योग गराउने, उत्त’रपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडवृद्धि परीक्षा यस वर्ष सञ्चालन हुने छैन। – नेपाल खबर
रिजल्ट हेर्न यहाँ थिच्नुहोस्
प्रतिकृया दिनुहोस्