Saturday, September 23

दुवै मृगौला फेल भएर उपचाररत नेपाली युवाको परदेशमै गयो ज्यान

August 18, 2020 1096

इराकको कुर्दिस्तानमा एक नेपाली युवाको मृ त्यु भएको छ । वैदेशिक रोज’गारीको लागि ३ वर्षअघि आएका मकवानपुरका ३६ वर्षीय दी’पक कुमार लामाको आइतबार उपचारको क्रममा अस्पतालमा निध न भएको हो।

लामाको विगत ६ महिनादेखि दुवै मृगौला फेल भएका थिए। डाइलोसिस गर्दै गर्दा गम्भी’र अवस्थामा पुगेपछि उनलाई सकारी अस्पतालमा रिफर गरिएको थियो । सरकारी अस्पातल पुर्‍याइएको केही’दिनमै उनलाई अस्पतालले मृ’त घोषणा गरेको हो।

लकडाउ’नको बेलामा बिरामी परेपछि उनी नेपाल फर्किन सकेका थिएनन् । उनको सुरुदेखि निजी अस्पतालमा उपचार भइर’हेको थियो । पछि आर्थिक अभाव भएपछि त्यहाँबाट सरकारी अस्पतालमा रिफर गरिएको थियो ।

बीचमा सामान्य जीवनयापन गरिरहेका लामा’लाई एक्कासी आकस्मिक उपचारको लागि आइसीयूमा भर्ना गरिएको थियो । अन्तत: उनले आइतबार आइ’सीयू कक्षमै मृ’त्युवरण गरे।

लामाको उपचारको सहयोगका लागि नेपाल मगर संघ शाखा कुर्दिस्तान र डिसी नेपालका प्रतिनिधिसमेत रहेका बिनोद श्रेष्ठले आर्थिक अभियान चलाएका थिए। अभि’यानमा कुर्दिस्तानमा रहेका नेपालीहरुले हातेमालो गरेका थिए। – डिसी नेपाल बाट

प्रतिकृया दिनुहोस्