जापानका प्रधान’मन्त्री सिन्जे आवे अस्पताल भर्ना हुनुभएको छ । उहाँ स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभए’को प्रधानमन्त्री कार्यालयका अधिका’रीहरुले जानकारी दिएका छन् ।
पूर्व अर्थमन्त्री अकिरा अ’मारीले एउटा टिभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको ब’ताएको भोलिपल्ट उहाँ अस्पताल जानुभएको हो ।
क्योदो समाचा’र संस्थाले उहाँ राजधानी टोकि’योस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना हुनुभएको जनाएको छ ।
प्रधानम’न्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने उहाँले चेता’वनी दिनुभएको थियो । तर उहाँकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहया’त्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा स’मस्या भएजस्तो नभएको उल्लेख गरेका छन् ।
“उहाँले राम्रो काम गरि’रहनु भएको छ, त्यसमा कुनै समस्या भएजस्तो लाग्दैन,” सरकारको मन्त्रीपरिषद्का मुख्य सचिव योशि’हिड सुगाले भन्नुभयो । – न्युज २४ नेपालबाट साभार
प्रतिकृया दिनुहोस्