Wednesday, November 29

ह्वात्तै बढे संक्रमित, आज कुन जिल्लामा कति संक्रमित भेटिए ? विवरणसहित हेर्नुहोस्

August 18, 2020 1434

नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्र’मण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमि’तको संख्या १० हजार ५६३ रहेको छ भने १३ हजार ९२६ जना क्वारेन्टाइनमा रहेका छन् ।

कहाँ कति थपिए ? हेर्नुहोस्

डा गौतमका अनुसार झापाका २१ जना, खो’टाङका एकजना, मोरङका १०८ जना, ओखल’ढुंगाका एकजना, पाँचथरका एकजना, सुनसरीका ८ जना, उदयपुरका २ जना,संखुवासभाका ३ जनामा कोरो’ना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ भित्रका जिल्ला’हरु बारामा ४२ जना, धनुषाका ६४ जना, महोत्तरीका २४ जना, पर्सामा १२८ जना, रौतहटका ३७ जना, सप्तरीका ३ जना,सर्ला’हीका १०७ जना, सिराहाका १६ ज’नामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्ला’हरुमा भक्तपुरका १७ जना, चितवनका ४९ जना, धादिङका २ जना, दोलखाका २ जना, काठमाडौंका १३८ जना, काभ्रेका २१ जना, ललितपुरका ५० जना, मकवानपुरका ३० जना, सिन्धुलीका एकजना, सिन्धुपाल्चोकका ३ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार गण्डकी प्रदेशका जिल्लाहरुमा बाग्लुङका ३ जना, गोरखाका २ जना, कास्कीका १६ जना, लमजु’ङका एकजना, नवलप’रासी पूर्वका ४ जना, स्याङ्जाका एकजना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरु बाँकेका ६ जना, बर्दियाका ९ जना, दाङका एकजना, कपिलवस्तुका १९ जना, नलवपरासी पश्चिमका एकजना, रोल्पाका एकजना र रुपन्दे’हीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका ५ जना, रुकुमपश्चिमका एकजना, सुर्खेतका एकजनामा कोरोना संक्रम’ण पुष्टि भएको छ ।

यस्तै सुदुरपश्चि’मका जिल्लाहरुमा दार्चुलाका २ जना, डोटीका ४६ जना, कैलालीका एकजना र कंच’नपुरका एकजनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८५ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्र’मणमुक्त भएका छन् । योसँगै नेपा’लमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ५८० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सं’क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए’को हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ४९५ थियो । मन्त्रालयका अनुसार मंगलबार थप ७ जनाको कोरोनाले मृ त्यु पुष्टि भएसँगै ज्या’न गुमाउने’को संख्या ११४ पुगेको छ ।

मन्त्रालयका अनुसार आज काभ्रे, नवल’परासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक-एक पुरुष तथा तनहुँकी एक महिला’को कोरोनाले मृ त्यु भएको छ । – खबर हब

प्रतिकृया दिनुहोस्