Sunday, September 24

दुःखद खबर: राष्ट्रकवि माधवप्रसाद घिमिरेको नि’धन

August 18, 2020 1365

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निध’न भएको हो।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगल’बार नि’धन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्व:पूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।

१९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखका जेठा सन्तान घिमिरेको मंगलबार निध’न भएको हो । घिमिरे’की कान्छी पत्नी महाकालीको ८६ वर्षकी छन् ।

घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उनले ‘गौरी’ शोककाव्य लेखेका थिए । उनको यो शो’ककाव्य लोकप्रिय कृतिमा पर्छ । उनका अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोक’प्रिय मानिन्छन् ।

मिमिरेका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घि’मिरेका “गाउँछ गीत नेपाली” जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जन’जिब्रोमा झुण्डि’एका छन् । – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्