राष्ट्रकवि माधवप्रसाद घिमिरेले मृ त्युलाई उत्सवका रूपमा वर्णन गर्दै एउटा गीत लेखेका थिए– त्यसरी होस् मरण, त्यसरी होस् मरण…
२०१६ असोज १ गते लेखिएको यो गीत घिमिरेको ‘किन्नर किन्नरी’ पुस्तकमा प्रकाशित छ। आधु’निक सेलोमा र’चिएको यो गीत संगीतबद्ध गरेर आफ्नो मृ त्युपछि बजाइयोस् भन्ने राष्ट्र:कविको अन्तिम इच्छा थियो।
उनले आफ्नी जेठी छोरी शान्ति शर्मा अधि’कारीलाई भनेका थिए, ‘यो गीत तिमीहरू संगीत’बद्ध गरेर राख्नू। मलाई सुनाउनु पनि पर्दैन। जब मेरो मृ त्यु हुन्छ, त्यसपछि यस’लाई सार्वजनिक गर्नू।’
यही इच्छाबमोजिम अधि’कारीले राष्ट्रकविको मृ’त्युअघि नै यो गीत संगीतबद्ध गरेर रेक’र्डिङ गराएकी थिइन्। यस’लाई राष्ट्रकविकै परिकल्पनामा आधारित रहेर आशिष अवि’रलले संगीत भरेका छन् भने कर्ण दासले स्वर दिएका छन्।
राष्ट्रकवि घिमिरेको मंगल’बार साँझ साढे ५ बजे नि’धन भयो। उनी १०१ वर्षका थिए। उनको अन्तिम इच्छाअनुसार उक्त गीत हामी यहाँ प्रसारण गर्दैछौं।
यो गीत बनाउन योग’दान दिने संगीतकार आशिष अविरल, गायक कर्ण दास, मन्दिरा ढुंगे’लसहित यसमा संलग्न सम्पूर्ण टोली’प्रति घिमिरे परिवारले धन्यवाद’सहित आभार व्यक्त गरेको छ। – सेतोपाटी
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्