Wednesday, April 14

राष्ट्रकवि माधवप्रसाद घिमिरेको यसरी गरियो अन्त्येष्टि (भिडियो सहित)

August 19, 2020 2237

राष्ट्रकवि माधवप्रसाद घिमिरेको नि’धन भएको छ । घिमिरेको मङ्गलबार साँझ घरमै निधन भएको बुहारी विजेता घिमिरेले उज्यालो’लाई जानकारी दिनुभयो ।

घिमिरे १९७६ साल असोज ७ गते लमजुङ (पहिलेकाे बाहुनडाँडा गाविस) को भीरपुस्तुन भन्ने ठाउँमा जन्मनुभएको हो । उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ ।

घिमिरेले कविता, खण्डकाव्य, गीति’नाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउ’नुभएको छ । तीमध्ये राष्ट्रकवि घिमिरेका गौरी शो’क काव्य सबैभन्दा चर्चित छ ।

उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दता’वादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भा’वका गीत तथा कविताहरू लो’कप्रिय छन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पा’र्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्र’द्धान्जलि अर्पण गर्नुभएको छ ।

बिहान उहाँको निवास लैनचौरमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्ज’लि व्यक्त गर्नुभएको हो । राष्ट्रकवि घिमि’रेको पशुपति आ’र्यघाटमा अन्त्येष्टि गरीएको छ ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्