Thursday, October 21

दुःखद खबर: २४ घण्टामा कोरोनाबाट नेपालमा थप ११ जनाको मृ’त्यु

August 21, 2020 1166

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ११ जनाको मृ त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको हो। योसँगै नेपाल’मा कोरोनाका कारण मृ त्यु हुनेको संख्या १३७ पुगेको छ।

शुक्रबार मृ त्यु हुनेमध्ये एक महिला र १० पुरुष रहेका छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक-एकजना गरेर ११ जनाको मृ त्यु भएको हो ।

पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना भाइर’स (कोभिड-१९) सं’क्रमण पुष्टि भएको छ। शुक्रबा’र कोरोना संक्रमण पुष्टि भएकामध्ये २९२ महिला र ५३८ पुरुष रहेका छन्। योसहित संक्र’मितको संख्या ३० हजार ४८३ पुगेको छ।

पछिल्लो २४ घण्टामा २५० जना को’रोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चा’र्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ।

मन्त्रालयका प्रवक्ता गौतमका अ’नुसार संक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ। अहिले क्वारेन्टा’इनमा १२ हजार २३४ जना रहेका छन्। – अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्