Friday, September 17

जन्मदिनमा हात जोड्दै दीपाले भनिन्: मलाई आफ्नै दिदीबहिनी सम्झिएर माफी दिनुहोला (भिडियोसहित)

August 23, 2020 1439

नायिका दीपाश्री निरौ’लाले आफ्नो जन्मदि’नको अवसरमा दर्शकसँग हात जोडेर माफी मागेकी छिन् । ‘महानायक’ विवादपछि जन्म’दिनको अवसरमा फेसबुक’मा भिडियो’मार्फत उनले हात जोड्दै भनिन्–‘मेरो अभिव्यक्तिले तपाइ’हरु सबैको मन दुखेको छ । कृपया, आफ्नै दिदीबहिनी संझिएर माफी दिनु’होला ।’

दीपाले समस्याबाट भाग्न भन्दा पनि समस्या’लाई व्यवस्था’पन गर्नु ठूलो कुरा रहेको बता’उँदै आफ्नो ३० बर्ष लामो कलाकारिताको दौरानमा आधी समय पीडादायी नै भएको बता’एकी छिन् । हाँस्य सि’रियल ‘तितो सत्य’ रिलिज भएपछि मात्र आफूले प’छाडि फर्किएर हेर्नु नपरेको उनको तर्क छ ।

माफी माग्दै दीपा

उनले, आफूले सिरि’यल र चलचित्र निर्माण’बाट दर्शकको धेरै माया पाएपनि व्यक्तित्व विकासमा भने आफ्ना धेरै कमजोरी रहेको स्विकार गरेकी छिन् । उनले भनिन्–‘मिडिया’मा कसरी बोल्ने, शिष्ट, सरल कसरी हुने, चला’खीपूर्ण रुपमा कसरी उत्तर दिने भन्ने बिष’यमा मेरो कमजोरी रहेछ ।

यो कुराले मलाई पनि शिक्षा दिए’को छ । ठूलो आँधी’बेरी आएपछि रुखमा कुहिए’का फलहरु झरे झै मेरो कम’जोरी पनि झरेका छन् ।’ उनले अन्तरवार्ता दिने क्रममा आफूले ३ वटा गल्ती गरेको बताएकी छिन् । उनले भनिन्–‘पहिलो ग’ल्ती त म अन्तरवा’र्तामा जानु नै थियो ।

दोश्रो गल्ती मलाई यस्ता य’स्ता प्रश्नहरु सो’धिए कि, मैले आफ्नो आवेग’लाई रोक्न’ सकिनँ । र तेश्रो गल्ती म एक कला’कार भएर अर्को सिनियर कला’कारको बारेमा टिप्पणी गर्न पुगेँ ।’

दीपाले सफल’तासँगै गाली आफूह’रुको भाग्य’मा जोडिएर आएको पनि उल्लेख गरेकी छिन् । उनले भनिन्–‘हुनत, महानायक विवाद अगाडि पनि हाम्रो चलचि’त्रको ट्रेलर, गीत रिलिज हुँदा गा’ली आएकै थियो । धेरै कुराहरु सहेर हामी अगाडि बढेका थियौं ।

यो घटनामा मेरो साथी दिप:कराज गिरीलाई पनि महाना’यक भनेर ट्रोल बनाइयो । जबकी, उनले मलाई तिमीले राजेश ह’मालको बारेमा गलत बोल्यौं भनेर भने’का थिए । मलाई, दिपक’लाई मात्र नभएर हाम्रो टिमलाई नै गाली गलौज गर्ने काम भयो । हाम्रो टिम’मा नै संक’ट आयो । मलाई आत्म’ग्लानी भैरहेको छ ।’

दीपाले सबैको माया’ले आफू मेरो उठ्न सके को पनि बताएकी छिन् । उनले जन्मदिनको अवसरमा प्रण गर्दै भनेकी छिन्–‘अबदेखि यस्तो गल्ती दोहोर्याउने छैन । आ’फ्नो व्यक्तित्व विकासमा पनि स’मय खर्चिनेछु । राम्रो चलचित्र बनाएर दर्श’कमाझ पस्कनेछु ।’ – अनलाइन खबर

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्