चार्टर्ड उडान रोकिएपछि दुबई विमा’नस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ’लबाट केहीबे’रअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइ’डबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानका’री दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राल’यको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगष्ट’का लागि दुबईबाट काठमाडौँ’का लागि तय गरिएको उडान यात्रुलाई का’ठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो ।
उक्त दिन दुबईबाट काठमाडौँ उडा’नका लागि टिकट लिइसकेका यात्रुका लागि आज उडान गरि’एको निगमले जनाएको छ । त्यस दिन काठमाडौँबाट २३५ यात्रु तथा १५ टन कार्गो लिए’र गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै काठ’माडौँ फर्किएको थियो ।
जहाज रित्तै फर्केपछि सम्बन्धित नि’कायको चौतर्फी आलोचना भएको थियो । उडानका लागि दुबई विमानस्थलमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए । हालै’को मन्त्रिपरिषद् बैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो । मन्त्रिपरिष’द्को यही बिहीबार बसेको बैठकले भदौ १६ देखि निश्चित शर्तसहि’त नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तस’हितको नियमित उडान गर्ने र त्यस्तो उडान दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय गरिएको छ । त्यस प्रयोज’नका निम्ति संस्कृ’ति पर्यटन तथा नागरिक उड्यन मन्त्रालल’यलाई उडान तालिका बनाउने जिम्मेवारी दिइएको छ ।
सरकारी निर्णयानुसार पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेशिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जा’पान, चीन, हङ्कङ, अष्ट्रलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयानुसार नेपाल आउन अनुमति भएका नेपा’ली नागरिक र नेपालस्थित विदेशी नियोग’का कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घ’का कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गरिनेछ ।
बैठकले पिसीआर स’हज नभएका मुलु’कहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडा’नका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनी’तिक नियोगबाट सिफारिस भएको नामावली बमोजि’मका यात्रुका लागि चार्टर्ड उडान गरिनेछ ।
यसरी आउने यात्रुको ७२ घण्टा’भित्र पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ । विदेशबाट आउ’ने यात्रु काठमाडौँमा आएपछि सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।
विमानस्थलका महाप्रब’न्धक देवेन्द्र केसीका अनु’सार आज विभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन चार अन्तर्राष्ट्रिय उडान हुँदैछन् । नेपाल एयरलाइन्सको दुबई र हिमा’लय एयर’लाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ ।
हिमालयका दुवै जहाज राति गन्तव्य’तर्फ उड्ने विमान’स्थलले जनाएको छ । आजै भोल्गा ड्नेपर एयर’लाइन्स नागपुरबाट काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । उक्त एयरला’इन्सको जहाज बिहान १०ः१५ बजे कामाडौँ आएर आजै दिउँसो ३ः१५ बजे फर्किने तालि’का रहेको छ ।
भिडियो हेर्नुहोस..
प्रतिकृया दिनुहोस्