सरका’रले पीसीआर परीक्ष’ण सहज भएका देश र शरहरुबाट नेपाली नागरिक ल्याउन नियमित उ’डान शुरु गर्ने निर्णय गरेको छ। नियमित उडान नहुने ठाउँ’मा चार्टर्ड उडान गरि’ने भएको छ ।
सरका’रको प्रवक्ता डा युवराज ख’तिवडाले भदौ १६ बाट नियमित उडानको तालि’का पर्यटन तथा नागरिक उड्डयन मन्त्रा’लयले गर्ने जानकारी दिएका हुन् ।
यी देशमा नियमित उडान
बिहीबार बसेकाे मन्त्रिप’रिषद बैठकले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरि’कामा रहेका नेपाली नागरि’क मात्रै बोक्ने गरी नियमित उडा’न गर्न अनुमति दिएको हाे।
डा खतिवडा’ले नियमित उ’डान नहुने देशमा सम्बन्धित देशका नेपाली दूतावासले चार्टर्ड उडान गर्ने ज’नाएका छन् ।
नियमित उडान नहुने मुलुकमा चार्टर्ड उडान
साउदी अरब, कता’र र कुवेत जस्ता पी’सीआर परीक्षण सहज नभएका देशमा नियमित उडान नहुने डा खतिवडाले ज’नाएका छन्। यस्तो देशमा सम्बन्धित देश’मा रहेको नेपाली दूत’वासले चार्टर्ड उडान गर्ने जानकारी दिए ।
यस्तै, सरकारले नेपा’ल प्रवेश गर्ने हवाई यात्रीको संख्या’समेत तोकेको छ। डा खतिवडाले नियमित तथा चार्टर्ड उडान गर्दा दैनिक पाँच सयभन्दा बढी यात्री नहुने गरी पर्यटन मन्त्रा’लयले तालिका मिलाउने जानकारी दिए। – तुफान न्युज
प्रतिकृया दिनुहोस्