Saturday, September 23

चीन, रुस र बेलायतले बनाएको कोरोना विरु’द्धको खोप परीक्षणका लागि नेपाल’मा प्रक्रि’या सुरु…

August 24, 2020 1127

नेपालमा चीन, रुस र बेला’यतले बनाएको कोरोना विरुद्धको खोपको परीक्षण हुने भएको छ । खोप परीक्ष’णको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धा’न परिषद्लाई स्वीकृ’ति दिएको हो ।

तेस्रो चरणमा पुगेका खोपको परीक्ष’ण गर्न कम्पनीहरु इच्छुक भएकाले परीक्षणको लागि प्रक्रि’या अगाडि बढाइएको स्वास्थ्य मन्त्रा’लयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो ।

स्वीकृति पाए’सँगै परिषद्ले प्रक्रि’या अगाडि बढा’एको छ । परिषद्का सदस्य सचिव डा’क्टर प्रदीप ज्ञवालीले विश्वमा तेस्रो चरणमा पुगेको खोप नेपालमा परीक्षणका लागि अध्य’यन थालेको जानकारी दिनुभयो ।

चीनको होङ्सी ग्रुप, बेलायतको अक्सफो’र्ड ग्रुप र रुसी कम्पनीलगायत सात कम्पनी नेपाल’मा खोपको परीक्षण गर्न इच्छुक देखि’एका उहाँले बताउनुभयो ।

खोपको परीक्षण जनावर र मानि’समा गर्ने तयारी छ । झण्डै डेढ दुई सय मानिसमा खोप’को परीक्षण गर्ने तयारी भए पनि प्रक्रि’याकै चरणमा रहेकाले निश्चित भइनसकेको डाक्टर ज्ञवालीले बताउ’नुभयो।

खोप परीक्षणका लागि तया’री भए पनि प्रपोजल तयार हुनै बाँकी छ । परीक्षण गर्ने व्य’क्ति र खर्चबारे टुंगो लागि नस’केको परिषद्का सदस्य सचिव डाक्टर ज्ञवालीले बताउनुभयो ।

खोपको परीक्षणको लागि बिरा’मीको सबै क्लि’निकल रेकर्ड, औषधिको प्रति असर तथा औषधिको रेकर्ड दुरुस्त राखी परिषद् तथा स्वास्थ्य मन्त्रालयमा पठाउन भनिएको छ ।

विश्वका विभिन्न देशले अहिले कोरोना विरु’द्ध बनेको खोपको तेस्रो चरणमा परीक्षणको तयारी गरिरहे’का छन् ।

रुसमा भने तेस्रो चरणको परी’क्षण विना नै खोपलाई स्वीकृति दिएको भन्दै स्वास्थ्य विज्ञले खोपको प्रभावका’रितामा प्रश्न उठाएका छन् । – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्