Sunday, March 7

कोरियामा शक्तिशाली सामुन्द्रिक आँधी (टाईफुन) आँउदै !

August 24, 2020 589

दक्षिण कोरियाली मौसम विभागले शक्ति’शाली समुद्री आँधी ‘ताईफून बाभी’ आफ्नो देश तर्फ आउदै गरेको भन्दै सबै नागरि’कलाई सतर्क रहन निर्देशन दिए’को छ ।

कोरियाली प्राय’द्वीप तर्फ अगाडी बढ्दै’ गरेको उक्त आँधी बुधबार पश्चिमी समुद्र आइपुग्ने मौसम विज्ञान विभा’गले जनाएको छ ।

विभागले आकष्मिक पत्रकार सम्मेलन गर्दै हाल उक्त आँधी ताइवानको ताइपेई क्षेत्रबाट २० किमी प्रतिघ’ण्टाको रफ्तारमा अगाडी बढी रहेकाले सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो। ताइ’पेई कोरियाली प्रायद्वीपबाट २८० किमी उ’त्तर पूर्वी क्षेत्रमा पर्दछ।

उक्त समुद्री आँ’धीका कारण ८६ किमी प्रतिघण्टा सम्म’को बायुवेग उत्पन्न भएको र बुधवार सम्ममा दक्षिण कोरि’याको छेजु टापूसम्म आइपुग्ने विभागले जनाएको छ ।

आँधीसँगै ठूलो बर्षा र बाढीको सम्भा’वना रहेका’ले सबैलाई सतर्क रहन समेत विभागले अनुरोध गरेको छ ।

बिहिबार बिहान सम्म’मा राजधानी सोल र आसपा’सका क्षेत्रमा आइपुग्ने उक्त आँधीले विनाशकारी रुप लिन सक्ने भन्दै ती क्षेत्रका नागरि’कलाई उच्च सतर्क’ता अपनाउन तथा सुरक्षा तयारी गर्न सम्ब’न्धित अधिकारीलाई समेत विभा’गले निर्देशन दिएको छ ।

आँधीका कार’ण छेजु क्षेत्रमा ३०० मिमि’सम्म बर्षा हुन सक्ने तथा सोल र अन्य पहाडी क्षेत्रमा ५०० मिमि सम्म बर्षा हुन सक्ने भन्दै सचेत हुन सम्बन्धित सबै पक्षलाई द’क्षिण कोरियाली मौसम विभाग’ले अनुरोध समेत गरेको छ । – हटपाटी

प्रतिकृया दिनुहोस्