Sunday, March 7

दुःखद खबर: कोरोनाबाट आज नेपालमा थप ८ जनाको मृ’त्यु

August 24, 2020 951

कोरोनावाट काठमाडौमा १ सहित सोमवार थप ८ जनाको नि’धन भएको छ । कोरोनावाट निधन हुनेको संख्या पनि दिनहु बढ्न थालेको छ ।सोमबार स्वास्थ्य तथा ज’नसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरो’नाबाट सोमवार ३ महिला र ५ पुरुष गरी थप ८ जनाको निध’न भएको पुष्टि गरेका छन् ।

प्रवक्ता गौतमका अनाुसार कोरोनाबाट सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँका ४८ वर्षीय महिलाको नि’धन भएको हो। त्यस्तै रुपन्देहीकी एक ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुषको पनि कोरोनाबाटै निध’न भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनावाट नि’धन हुनेको संख्या १५७ पुगेको छ ।

यो अर्को समाचार, सङ्क्रमित थुनुवा आइसोलेसनबाटै फरार
बाँके । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फ’रार भएका छन् । कोरोना देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि ता’लीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका ती थुनुवा आइ’तबार फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

थुनुवालाई यही भदौ ५ गते को’रोना पुष्टि भएपछि कृषि ता’लीम केन्द्रको आइ’सोलेसनमा लगिएको थियो । आइसो’लेसनबाटै सङ्क्रमित थुनुवा फरार भएपछि खोजीका लागि सुरक्षा टोली परिचालन गरि’सकेको प्रहरी उपरीक्षक रानाले बताए ।

सङ्क्रमित थुनुवा फरार भएपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरी’लाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बो’लाएर आवश्यक अनुसन्धान भइरहेको छ । उक्त आइसोलेसनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच प्रहरी खटि’एका थिए । – ताजा खबर

प्रतिकृया दिनुहोस्