संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईकी श्रीमती नर्सिङ काउन्सिल रजिष्ट्रार विन्दा घिमिरेको नाम लिएर काउन्सिलको एक सदस्य र एक विद्यार्थीबीचको फेसबुक म्यासेन्जरमा भएको कुराकानीका विषयमा मन्त्री भट्टराईले आफ्नो प्रतिक्रिया दिएका छन्।
उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूहरुले कुनै गल्ति नगरेको दावी गरेको छ। भट्टराईले लेखेका छन्, ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन। सम्बन्धित निका’यले आफ्नो धा’रणा सार्वजनिक गर्नेछ। ष’ड्यन्त्र र खु’राफातप्रति हामी सचेत छौं।
कोही पनि भ्रम’मा नपर्नु होला, चि’न्ता नलिनुहोला।’ काउन्सिलकी एक सदस्यले विद्यार्थीसँग घु’स मागेको फेसबु’क म्यासेन्जरको च्या’टमा घिमिरेको नाम जोडिएको छ।
काउन्सिल’को सदस्य जिता बरालले एक वि’द्यार्थीसँग लाइसेन्स परीक्षा’मा उतीर्ण गराउन घु’स मागेकी छन्। च्याटमा जिताले नै विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन्। अहिले उक्त च्या’ट समाजिक सञ्जालमा भाइरल भइरहेको छ।
प्रतिकृया दिनुहोस्