अहिले धेरै मानिसमा कब्जि’यतको समस्या देखिने गरेको छ । कब्जियत हुनुले पेटमा गम्भीर सम’स्या भएको हुनसक्ने संकेत गर्दछ ।
यो रोग सबै उमेरका मानि’समा देखिने गरेको छ । विशेषत कब्जि’यतबाट वृद्ध उमेरका मानिस बढी पीडित हुने गर्दछन् । यस्तोमा कब्जियत निको पार्न घरेलु उप’चार पनि प्रभा’वकारी हुने गर्दछ । यसका लागी निम्नकुरा पालना गर्नुपर्दछ ।
१. कब्जिय’तमा सबैभन्दा महत्व’पूर्ण र उपयुक्त औषधि भनेको पानी हो । त्यसैले पटक पटक पानी सेवन गर्नुपर्छ । यसका अलावा खाना वा खाजा’मा पनि झोलयुक्त खाना खानु पर्दछ । प्रशस्त पानी पिएमा कब्जियतबाट मुक्त हुन सकिन्छ ।
२. हामी आ’जकल खानामा स्वाद हेर्ने गर्दछौ । तर खानाको पोषण शरीरलाई सबैभन्दा महत्वपुर्ण हुने गर्दछ । तसर्थ खानामा लापरबाहि नगरी जौ, गहुँ, रोटीजस्ता फाइ’बरयुक्त पौष्टिक खाना खाएमा कब्जियत नियन्त्रणमा आउने गर्दछ ।
३. कब्जि’यतबाट मुक्त हुन ताजा र स्वच्छ फलफूल तथा सा’गसब्जीको सेवन गर्नु पर्दछ । ताजा तरकारी र फलफुलमा उच्च पोषण, प्रशस्त फाइबर र तरल पदार्थ पाउने गरीन्छ । यसले हाम्रो पाचन प्रक्रियामा फाइदा पुर्या’उँछ । तसर्थ, प्रशस्त हरियो सा’गसब्जी र ताजा फलफूल खाँदा कब्जियत हुने सम्भावना हुँदैन भने भएको कब्जियत पनि निको हुन्छ ।
४. भिटामिन र प्रो’टिनयुक्त गेडागुडी र बिउबिजनको नियमित सेवनले कब्जियत’लाई जरैबाट निको पार्ने गर्दछ ।
५. भटमास’को तेल, तिल, जैतुनको गेडा, सब्जीको रस पनि कब्जियत निको पार्न उत्तम मानिन्छ । यी खाद्य पदार्थमा न्यून मात्रामा चिल्लो पदार्थ हुने भएकाले आन्द्रा चिल्लो बनाई पेटको उकु’समुकुस र डम्म हुनबाट रोक्दछ ।
६. उच्च साइट्रस एसि’डयुक्त अंगुर र कागतीले आन्द्राको फोहोरलाई सजिलै मलद्वार मार्फत निष्कासन गर्ने भएकाले यसको जुसले कब्जियतलाई जरैबाट निको पार्ने गर्दछ ।
७. कतिपय अवस्था’मा उमेर र सम्भव भए अनुसार कब्जियत निको पार्न शारी’रिक ब्या’याम गर्नु उपयुक्त हुन्छ । शारीरिक व्यायाय’ले आन्द्रामा रहेको स्टुल फाल्ने गर्दछ ।
प्रतिकृया दिनुहोस्