कतारमा श्रमिकको न्यूनतम त’लब बृद्धि भएको छ । अब कतारमा कार्यरत हरेक श्रमिकलाई आवासका ला’गि प्रतिमहिना ५ सय रियाल तथा खानाका लागि ३ सय रियाल थप दिनुपर्नेछ ।
यसले कता’रमा खाना तथा आवा’ससहित न्यून’तम तलव १ हजार ८ सय रियाल हुनेछ । यसघि ९ सय रियाल र खाना बापत ३ सय गरी १२ सय रियाल तोकिएको थियो । तर कता’रका अधिकांश कम्पनीहरुले ७५० देखि ८०० कतारी रियाल दिदै आएका थिए ।
न्यनूतम तलव वृद्धिस’हित श्रमिकहरूले स्वइच्छाले रोजगारदाता पनि परिवर्तन गर्न पाउने निर्णय भएको छ । श्रमिकले काम परिवर्तन गर्न चाहे रोजगारगाताबाट नो–अब्जेक्सन सर्टिफिकेट (स्वीकृति प्रमाणपत्र) चाहिने व्यवस्था पनि खारेज भएको हो ।
कतारले कानून नं १७, २०२० कार्यान्वयन गर्दै अब आप्रवासी कामदारले रोजगारदाताको अनुमति बेगर पनि रोजगारी परिवर्तन गर्न पाउने भएका छन् । कतार सरकारको यो निर्णयलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले स्वागत गरेको छ ।
श्रमिकहरूले रोजगारदाताको अनुमतिपछि मात्रै अर्को कम्पनी परिवर्तन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने तथा खाडी क्षेत्रमा समान र न्यूनतम पारिश्रमिक तोक्न सम्बन्धित देशहरूलाई दबाब दिदै आएको थियो ।
श्रमिकको पारिश्रमिक बृद्धिसहितका निर्णय पछि कतारका प्रशासन विकास, श्रम तथा सामाजिक मामि’ला मन्त्रीयुसुफ मोहम्मद अल ओथमन फक्रहुले सरकारको पछिल्लो निर्णले आप्र_वासी कामदारले लाभ लिन सक्ने बताए । यसबाट रोजगारदाताबीच पनि प्रति’स्पर्धी वातावरण सृजना हुने उनको दाबी छ ।
‘कतार आधुनिक र स’मुन्नत श्रम बजार निर्मा&णका लागि प्रतिवद्ध छ’, उनले भने, ‘कतार भिजन २०३० लाई मध्य’नजर गर्दा यो निर्णय महत्वपूर्ण हुनेछ जहाँ श्र’मिक, रोजगारदाता र क_तारले नै लाभ प्राप्त गर्नेछ ।’
कतार २०३० नेसनल भिज’नमा विभिन्न क्षेत्रका अप्रवासी काम&दारको बहुलता सिर्जना गर्ने, ति’नका अधिकार र सुर’क्षा सुनिश्चित गर्दै कतारमा प्रतिस्प’र्धा तथा लगानी बढाएर आर्थिक वृद्धि तीब्र पारिने बताइएको छ।नयाँ व्यवस्था सरकारी राजप’त्रमा प्रकाशित भएको ६ महिनामा कार्यान्वयनमा आउनेछ ।
श्रमि’कको सेवा सुविधा थप गरि’एपछि कतारमा आप्रवासी कामदारको आकर्षण अझ बढ्ने अपेक्षा गरिए’को छ । यसबाट नेपालीहरू पनि लाभा’न्वित हुने भएका छन् । कतारमा करिव ३ ला’ख ५० हजार नेपाली कार्यरत छन् । – खबर हब
प्रतिकृया दिनुहोस्