Tuesday, August 3

तपाईंको घाँटी दुख्छ भने थाहा पाउनुस् : यस्ता कारण र उपचार

September 3, 2020 1962

घाँटी को दुखाई (फयारेंजैटिस र टन्सिलाइटिस) घाँटी र गला को तह को सूज’नबाट हुने पीडा, जलन र चिला’उने समस्या सँग सम्बन्धित हुन्छ ।

यो प्रायजसो बाल’बालिका मा हुने संक्रमण को कारण ले हुने भएता पनि अरु उमेरका व्यक्तिलाई अरु कारण’हरु ले पनि हुने सम्भावना हुन्छ ।घाँटीको खसखस, घाँटीमा ग्रन्थी’हरू सुन्निनु, दबि’एको आवाज, निल्न गाह्रो र कण्ठनलीमा सेता धब्बाहरू निस्कनु य’सका लक्षण हुन् ।

घाँटी दुखेका व्यक्ति’हरू ले ज्वरो, ठंडी, शरीर दुख्ने, टाउको दुख्ने, खोकी र नाक बाट पानी बग्ने जस्ता अन्य लक्षण’हरू पनि अनुभव गर्न सक्छन् ।

घाँटी दुखनु सामा:न्यतयाः भाइरस को संक्रम:ण बाट हुने गर्दछ र कम समय को लागि हुनु:का साथै घरेलु उपचार बाट निको पनि हुन्छ । तथापि’व्याक्टेरिया ले गर्दा घाँटी’को संक्रमण भए’मा पीप पनि जम्न सक्दछ जसको उपचार एन्टिबा’योटिक बाट गर्नुपर्दछ ।

केही स्ट्रेप्टोकोक’सब्याक्टेरिया का कारण मुटु का भल्भ मा असर गर्ने बाथ ज्वरो वा मृगौला मा असर गर्ने ग्लोमरूलोने’फ्राइटिस जस्ता जटिलता उत्पन्न हुनसक्दछन् ।’

कारणहरू :

– भाइरल संक्रमणः घाँटी दुख्ने रोगको यो मुख्य कारण हो । भाइरसद्वारा कण्ठनलीको सूजन इन्फ़्लुएञ्जा भाइरस, राइनोभाइरस्, एडेनोभाइरस (एप्सटिन–बार भाइरस, साइटोमेगालो भाइरस, आदि ले गर्दा हुन सक्दछ ।

-ब्याक्टेरियल संक्रमणः कीटाणु द्वारा हुने टन्सिल वा घाँटी को संक्र’मण, भ्यागुते रोग आदि

-ट्यूमरः घाँटी र गलाको क्या’न्सर

-वातावरणीय तत्वहरूः वातावरण’बाट हुने एलर्जीजन्य प्रतिक्रियाहरू । जस्तैः ढुसी, पाल्तु पशु’हरूको चायाँ, पराग, वायु प्रदूषण वा चूरोटकाधूवाबाट पनि घाँटी दुख्न सक्छ ।

चिकित्सक लाई कहिले भेट्ने ?

१०१ डिग्री फरेनहाइट भन्दा बढीको ज्व’रो आएमा, जोर्नीको दुखाई भएमा, साँस लिन वा निल्न गाह्रो भएमा, घाँटी’को सूजन भएमा, छालामा’डाबर आएमा, गाढा पिसाब’सँगै गला बसेमा ।
एक हप्ताभन्दा बढी समयसम्म घाँटी दुखेमा ।
घरेलु उपचार :

घाँटी दुखेको समस्यामा निम्न प्रकारका घरेलु उपचार गर्न सकिन्छ:

मनतातो नूनीलो पानी’ले कुल्ला गर्ने जसले घाँटीमा भएको दुखाई कम गरी घाँटीलाई आराम दिन्छ । पर्याप्त पानी पि’एर पर्याप्त जलयोजन (हाइड्रेसन) गर्ने । सा’मान्य तरल पदार्थहरू जस्तैः मह मिसाएको मनतातो पानी वा नरम चिसो खाना जस्तैः हलुवा वा दुग्ध पदार्थ लिने ।

एलर्जी जन्य तत्वहरू जस्तैः धूवाँ, रसायन वा धूलो आदि बाट जोगिने ।
वाफ लिने र हावा’को आ’द्रीकरण गर्ने जस्तैः तातो बाफ’युक्त स्नानगृहमा धेरै समयसम्म बस्ने।

पारासिटामोल वा इबुप्रो’फेन औषधी सेवन गरी ज’लन र दुखाई कम गर्ने । पेप्टिक अल्सर भएका रोगीहरूले र रक्तश्रावको जोखीम भएकाहरू’लेयस्ता औषधी सेवन गर्न हुँदैन र वाल’वालिकालाई एस्पिरिन खुवाउनु हुँदैन ।
उपचार का विकल्पहरू :

घाँटी दुखाई को उपचार तेस’को कारण र गम्भीरतामा निर्भर गर्दछ । रोगको इतिहास हेरेर र शा:रीरिक परीक्षण, कंठ:श्राव र रगत जाँचबाट घाँटी दुखेको कारण पत्ता लगा:उन सकिन्छ ।

घाँटी दुखेका धेरैजसो समस्या:हरू आफै निको हुने खालका हुन्छन् र पारासि:टामोल र मनतातो नूनीलो पानीले कुल्ला गर्दा निको हुन्छ ।
स्ट्रेप्टोकोकस ब्याक्टे:रिया बाट हुने घाँटी दुखे’को उपचार एन्टिबायोटिकबाट गरिन्छ ।

स्ट्रेप्टोकोकस ब्याक्टे’रिया बाट हुने जटिल खालको घाँटी दुखाई को उपचा’रका लागि पीप नि’काल्नु पर्दछ वा वाथज्वरो भएकाे छ भने फेरि फेरि मुटु मा असर पर्न नदिन का लागि पूरै राेक’थाम गर्न लामो समय सम्म एन्टिबायो’टिक खानु पर्दछ ।

नाक बन्द भएमा नाक खोल्ने (डिकन्जेस्टेन्ट) र नाकको स्टेरोइड आवश्यक पर्दछ । बारम्बार भइर’हने घाँटी दुखाई’का लागि टन्सिल हटाउन गरिने शल्यक्रिया आ’वश्यक पर्न सक्छ । – एभरेष्ट दैनिक

प्रतिकृया दिनुहोस्