Friday, September 22

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिनमा यती धेरै संक्रमित….

September 3, 2020 1590

भारतमा बिही’बार बिहान जारी कोरोना’भाइरसको तथ्यांकले अहिलेसम्मका सबै रेकर्ड ध्वस्त पारेको छ । विगत २४ घण्टामा कोरोना भाइरसका रेकर्ड ८३ हजार ८८३ नयाँ केस दर्ता गरि’एका छन् ।

यो एक दिनको हिसाबले अहिले’सम्मकै सबैभन्दा ठूलो संख्या हो । यसका साथै भारतमा कोरोना’भाइरस संक्रमितको संख्या ३८ लाख ५३ हजार ४ सयभन्दा बढी भएको छ । यीमध्ये क’रिब ८ लाख १५ हजार एक्टिभ केस छन् ।

भारतको सबैभन्दा प्र’भावित राज्य महाराष्ट्रमा संक्रमितको संख्या ८ लाख ८० हजारभन्दा बढी भइस’केको छ । आन्ध्र प्रदेशमा ४ लाख ४५ हजार केस पुगेको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्राल’यका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइर’सका ११ लाख ७० हजार’भन्दा धेरै टेस्ट गरिएका छन् । विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरि’कामा पाइए’का छन् ।

त्यहाँ ६२ लाख ९० हजार’भन्दा बढी संक्र’मित पाइएका छन् । ब्राजिलमा संक्रमितको संख्याले ४० लाख नाघेको छ । भारत तेस्रो स्थानमा छ । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्