Thursday, December 7

भाइरल अमित राईले गीत रेकर्ड गराए, यस्तो छ गीत (भिडियो हेर्नुहोस)

September 6, 2020 1110

पाँचथरको फिदिममा जन्म लिएका अमित कुमार राई यति बेला ४८ वर्षका भए । हाल उनि मोरङको पथरी शनिश्चरे नगर पालिका २ मा बसोबास गर्छन् ।

सानो उमेर देखीनै गाउँन रुची राख्ने उनको प्रतिभा दर्शक श्रोता सम्म पुग्न निक्कै क,ठिन थियो । उमेरमा गाउँ घरमा हुने सासकृतिक कार्यक्रम भाग लिएर उपस्थितहरुलाई मन्त्रमग्न बनाउथे ।

उनि सानै उमेर देखी स्व . स्वरसम्राट नारायण गोपालका गीतहरु गाउँन रुची राख्दथे । सपना गायक बन्ने भएतापनि आर्थिक अबस्था कमजोरीका कारण आफु अगी बड्न नसकेको राई बताउछन् ।

‘उ बेलामा आफ्नो प्रतिभा देखाउने ठाउँ थिएन, तर अहिले भने प्रसस्त रहेछ । बुढेसकालमै भए पनि मेरो सपना पुरा गर्ने छु ।’ कुराकानीमा उनले भने ।

उनले कुनै स्थानमा बसेर गाइरहेको गितको एकलाईन टिकटक तथा सामाजिक संन्जालमा निक्कै भाईरल बनिरहेको छ । उनको स्वरलाई टिकटकमा निक्कै रुचाईएको छ ।

उनले हिजो मात्र आफ्नो आवाजमा गीत रेकर्ड गराएका छन् । उनको आवाजको गीत अहिले भाइरल बनेको छ । हेर्नुहोस् उक्त गीत…यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्