Monday, November 29

आमा बन्न लागेको हो ? भन्ने फ्यानको प्रश्नमा प्रियंका कार्कीले दिइन् यस्तो उत्तर (भिडियो सहित)

September 6, 2020 1000

लोकप्रिय नायिका प्रियंका कार्कीले आँफु आमा बन्न नलागेको स्पष्ट पारेकी छिन् । फ्यानले सोधेका प्रश्नको उत्तर दिँदै नायिका कार्कीले आँफु गर्भवती नभएको स्पष्ट पारेकी हुन् ।

प्रियंकालाई उनका फ्यानहरुले आमा बन्न लागेको हो रु भन्ने प्रश्नमा भिडियो मार्फत उत्तर दिँदै प्रियंकाले उत्तर दिए लगत्तै फ्यानले नायक आयुष्मान देशराज जोशीसँग कसरी प्रेम भयो ? भनेर सोधेको प्रश्नमा पनि उनले कुनै योजना बिना नै यत्तिकै माया बसेको भन्ने प्रतिक्रिया दिएकी छिन् ।

भिडियोमा उनले भनेकी छिन् ‘हामीले एकअर्कालाई प्रेम गर्ने भनेका पनि थिएनौं, बरु आयुष्मानले मलाई स्न्यापच्याटमा जिस्काउँथे उनले भनिन् ।

सोही प्रश्नको उत्तर दिँदै प्रियंका अगाडी थप्छिन् हामी प्रेममा पर्छौं भनेर प्रेममा परेनौं,’ प्रियंकाले भनिन्, ‘यो यत्तिकै भयो ।’ कलाकारद्वय आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले गत वर्षको फागुनमा धुमधामसँग विबाह गरेका थिए ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्