Monday, October 2

नेपालकै सबैभन्दा सस्तो पीसीआर परीक्षण के.एम.सीमा, कति लाग्छ परिक्षण खर्च ? हेर्नुहोस्

September 6, 2020 1345

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडि’कल कलेज शिक्षण अस्पतालले नेपालमै सबैभन्दा सस्तो दरमा पीसी’आर परीक्षण गर्ने भएको छ । सरकारले तोकेको भन्दा १ हजार ९ सय १ रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्ने भएको हो ।

सरकारले अहिले कोरोना परी’क्षणका लागि पीसी’आर परीक्षण शुल्क ४ हजार ४ सय तोकेको छ । तर, केएमसीले एकै पटकमा २० वटा स्वाब परीक्षण गरा:उँने संघ सस्थालाई २ हजार ४ सय ९९ र सर्वसाधरणका लागि २ हजार ५ सय ९९ मै पीसी’आर परीक्षण गर्ने व्यवस्था मिला’एको हो ।

यो शुल्क सोमबारबाट लागु हुँने केए’मसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । ‘अहिले देशभर नै कोरोना संक्रमण बढिरहेको छ । सरकारले पनि माग बमोजिम परीक्षण:को दायरा बढाउँन सकिरहेको छैन ।’ डा.शर्माले भने–‘कोरोनाको महा:मारी फैलिरहेको अवस्थामा न्यून शुल्कमा पीसीआर परीक्षण गरेर सहयोग पु’र्याउँन खोजेका हौं ।’

केएमसीले गत साउन १ गतेबाट पीसीआर परीक्षण थालेको हो । त्यसयता हालसम्म करिब १ हजार २ सय जनाको पीसीआर परीक्षण गरिसकेको छ ।

बिराटनगरस्थित नोबेल शिक्षण अस्प’तालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले भदौ १५ गतेबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

त्यसयता एक साता नबि’त्दै डा.शर्माले तीन वटा महत्वपूर्ण निर्णय लिएका छन् । अध्यक्षको कार्यभार सम्हालेको दुई दिन भित्रै ओपीडी निःशुल्क गराएका डा.शर्माले अहिले कोरो’ना संक्रमित’को उपचार हुने वातावरण पनि मिलाएका छन् ।

डा.शर्माले अ’हिले पुनः अर्को महत्वपू’र्ण निर्णय लिदै केएमसीमा मूलूककै सबैभन्दा सस्तो दरमा पीसी’आर परीक्षण गर्ने वाता’वरण मिलाएका हुन् । – रातो पाटी

प्रतिकृया दिनुहोस्