Sunday, September 24

अब पनि काठमाडौमा निषे’धाज्ञा जारी रहे तोडेर भए पनि व्य’वसाय खोल्ने नि’र्णय

September 7, 2020 1440

काठमा’डौमा लगातार तीन पटक निषे’धाज्ञा थपिएको छ । ब्यवसायीहरुले भने अब निषेधाज्ञा जारी नराखेर ब्यव’साय सुचारु गर्ने वाताव’रण बनाउन माग राख्दै आएका छन् । तर पनि तेस्रो पटक उपत्य’कामा निषेधाज्ञा थपिएको छ ।

ब्यवसा’यीहरु प्रशा’सनको निषेधाज्ञा लगाउने निर्णयवाट रुष्ट भएका छन् । तर नाडा अटोमोबाइ’ल्स एसोसिए’सन अफ नेपालले भने अब पनि निषेधाज्ञा जारी रहे अवज्ञा गर्ने निर्णय गरेको छ । नाडाले २५ गते देखि सम्पूर्ण व्यवसा’यीलाई नियमित रुपमा व्यवसा’य सञ्चाल’न गर्न आग्रह गरेको छ।

नाडा’को आज (सोमबार) बसेको पदाधि’कारी बैठकले यस्तो निर्णय गरेको छ । जिल्ला प्रशासन कार्याल’यले तेस्रो पटक थपेको निषेधाज्ञा भदौ २४ गते सम्म सकिदैछ । फेरी पनि निषेधाज्ञा थपिए अवज्ञा गर्ने निर्णय गर्दै व्यव’साय सञ्चा’लन गर्न आग्रह गरेको छ ।

नाडा’का अध्यक्ष कृष्ण प्रसाद दुलालले १ सय ८० दिन सम्म सरकारको आदेश मानेर बसेको भए पनि अब पनि त्यसरी बस्न नसक्ने अवस्था आए’को बताएका छन् । उनले अब जुनसुकै अवस्थामा लकडाउनको पालना नगर्ने गरी सबै व्यव’सायीलाई आफ्नो व्यवसा’य सञ्चालन गर्न आग्रह गरि’एको बताए।

उनले सर’कारले देशको अर्थत’न्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजिकरण गर्नुपर्ने माग राखेका छन् । सरकारले त्यस्तो व्यवस्था नगरेपनि निषेधाज्ञा’लाई तोडेर अथवा विद्रोह गरेर भएपनि व्य’वसाय सञ्चालन गर्ने बताए।

सरकारी कर्मचारी’हरुले काम नग’रेपनि तलब भत्ता आइराख्ने भएकाले ब्यवसायीको मर्का बुझ्न नसकेको उनको भनाई छ । उपत्यकाका सिडि’ओहरुले भने दर्शैसम्म निषेधाज्ञा लागू गरेर सिमानामा सेना राख्न सर’कारलाई सुझाव दिएको बेलामा ब्यवसायीको यस्तो निर्णय आएको हो । घरमै बसिबसि तलब भत्ता आउने भएपछि किन लक’डाउन खोल्ने उनले भने ।

उनले कोरोना नियन्त्रण’का लागि शोक मनाएर बस्दाबस्दै भोक लाग्ने बेला भइसकेकाले यस्तो निर्णय गर्न बाध्य भएको बताए। पछिल्लो समय भारत पाकिस्तान लगायत विश्वभर लकडाउन खुलिसकेको अवस्थामा नेपालमा पनि खोल्नुको विकल्प नभएको उनको भनाई छ ।
ताजा खबर बाट साभार

प्रतिकृया दिनुहोस्