राष्ट्रिय आविष्कार केन्द्रले नेपाल’मा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न महत्वपूर्ण काम गर्दै आए’को छ ।
माक्स, पीपीइ, स्वाब संकलन गर्ने सुइ’रो लगायतका सामग्री निर्माण गरेको केन्द्रले अहिले पुनः कोरो’ना संक्रमि’त बिरामीलाई अस्पता’लसम्म सुरक्षित रुपमा लैजाने बाकस निर्माण गरेको छ केन्द्रले बिरामीहरुलाई सुरक्षित रुपमा एम्बुलेन्समा ओसार’पोसार गर्न सकिने बाकस तयार पारेको जानकारी दिएको हो ।
बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालक’लाई संभावित कोरोना संक्रमणबाट जोगाउन यस्तो बाक’स डिजाइन गरि’एको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जान’कारी दिए । आविष्कार केन्द्रका संस्थापक पुन’ले बाकस’को डिजाइन, विकास र परीक्ष’णको काम पुरा भएको जानकारी दिएका हुन् ।
उनका अनुसार यो बा’कसमा बिरामी राखेप’छि हावा छिर्न नसक्ने चेन लगाएर बन्द गरिन्छ ।अबको केहीदिनभित्रै कोभिडको उपचार गर्ने अस्पतालहरुलाई यो बाकस उपलब्ध गरा’इने पुनले जनाएका छन् । – खबर हब
प्रतिकृया दिनुहोस्