Friday, July 30

उत्तर कोरिया’को आदेश: ‘सीमा क्षेत्रमा १ किलोमिटर भित्र छिर्ने जोसुकैलाई पनि गोली हान्नु’….

September 12, 2020 596

उत्तर कोरियाले चीनबाट आउने जो कोहिलाई गो’ली हान्न आ’देश जारी गरेको छ । कोराना भाइरस संक्र’मण रोकथामका लागि उत्तर कोरियाले यस्तो आदेश जारी गरेको हो । हालसम्म उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण कसैमा पनि भेटिएको छैन ।

आगामी दिनमा पनि कोरोना संक्रमण फैलिन नदिन भन्दै उत्तर कोरिया सरकारले चीन’बाट आउने जो कोहीलाई गोली हान्न आदेश जारी गरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । स’माचार एजेन्सीका अनुसार सीमा सुरक्षा’मा खटिएका स्ट्राइक फोर्सलाई गो’ली हान्नेसम्मको आदेश दिइएको हो ।

बेलायतमा प्रकाशित एक समाचार पत्रिकाका अनुसार चीनबाट प्रवेश गर्ने नागरिक मात्रै नभइ सीमा क्षेत्रमा एक किलोमिटर भित्र छिर्ने जोसुकैलाई पनि उनीहरुले कारण नसोधी गो’ली हान्न सक्ने आदेश दिइएको बताएकाे छ ।

चीनबाट उत्तर कोरि’याले चीनमा कोरोना भाइरस सं’क्रमण फैलिएसँगै गत जनवारीमा सीमा नाकाहरु बन्द गरिदिएको थियो । त्यसको ९ महिनापनि उत्तर कोरियाले चीनप्रति झनै कडा क’दम चालेको समाचार एजेन्सी एएफ’पीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा राम्रो सम्बन्ध भएका दुई मुलु’क चीन र उत्तर कोरियाबीच कुनै प्रकारका दुस्मनी भने रहेको छैन। अझ भनौ उत्तर कोरिया ची’नको सबैभन्दा ठूलो सह’योगी मुलुक पनि हो । त्यस्तै उत्तर कोरियाले छिमेकी अर्को मुलुक द’क्षिण कोरियासँग यसअघि नै कुट’नीतिक सम्पर्क र सीमा नाका बन्द गराइसकेको छ ।

दक्षिण कोरिया’बाट गएका एक उत्तर कोरिया’ली आफ्नो नागरिकमा कोरोना सँग मिल्ने लक्षण देखिएको भन्दै उसले दक्षिण कोरिया’का सबै नाका बन्द गर्ने जना’एको थियो ।

त्यस यता उत्तर को’रियाले गत जुलाईमा जु’लाईमा सुरक्षा व्यवस्था कडा बनाउँदै संकटका’लको पनि घोषणा गरेको थियो । सीमामा दुई प्रकारका सुरक्षाकर्मी तैनाथ गरिएको समाचार एजेन्सीह’रुको भनाइ छ । जुन स्पेशल अपरेशन फोर्स र स्ट्रा’इक फोर्स हुन् । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्