Saturday, December 4

१०५ वर्षकी वृद्धा’ले गरिन् प्रथम श्रेणीमा ४ कक्षा पास !

September 14, 2020 778

शिक्षा लिन’का लागि कुनै उमेर हुँदैन । तपाई जुन कुनै उमेरमा पनि अध्ययन गर्न सक्नु’हुन्छ । तर हाम्रो समाज’का केहि मानिस’हरु भने शिक्षा भन्ने कुरा केवल बच्चा बेलामा मात्र लिने मनशाय र सोचका हुने गर्दछन् ।

यदि कोहि पनि वृद्ध व्यक्ति बुढेसका’लमा शिक्षा लिन चाहायो भने त्यसलाई मिहेनतको कदर गर्नुको सट्टा मानिसको उमेर तिर ध्यान दिन्छन् ।

भारतको केरलामा १०५ वर्षकी भागरथी नाम’की एक वृद्धाले ४ कक्षाको परिक्षा दिएर पास गरेकी छिन् । उनले आफूले पाएको उक्त सफलता पछि आफू ९ वर्षको हुँदा आमाको मृ त्यु भएको र त्यसपछि अध्ययन गर्न नसकेको भारतीय सञ्चार’माध्यासँग बताएकी छन् ।

”घरको जिम्मेवारीका कारण पढ्न सकिन, त्यसप’छि विवाह भईहाल्यो” उनले भारतीय सञ्चारमाध्या’मसँगको कुराका’नीका क्रममा भनिन् । तर पढ्न धेरै नै मन भएको कारणले उन’लाई गएको वर्ष छोरा’ले राज्यको साक्षरता अभियान अन्तर्गत ४ कक्षामा भर्ना गरि’दिएका थिए ।

यो वर्षको ६ फेब्रु’अरीमा उनको रि’जल्ट आएको थियो । उक्त परिक्षामा उनले ७४ दशमलव ५ प्रति’शत अंक प्राप्त गरेकी थिइन् । – एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्