नेकपा प्रचार विभा’ग प्रमुख एवं प्रवक्ता नारायण’काजी श्रेष्ठले कुलमान घिसिङको पक्ष लिँदा पार्टीका प्रचार विभाग उ’पप्रमुख सूर्य थापाले आपत्ति जनाउनु भएकाे छ ।
आइतबार नेपाल विद्युत् प्राधिकर’णको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्षे कार्यकाल पूरा गरेर बिदाइ हुनुभएका घिसिङलाई पुन नियुक्ति दिनुपर्छ भनेर श्रेष्ठले सामाजिक सञ्जालमार्फत ल’विङ गर्नुभएकाे थियाे ।
सोमबार सामाजिक सञ्जा:ल ट्वीटरमा लेख्नुहुन्दै श्रेष्ठले नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योग्दान आवश्य’क भएकाले पुनः नियूक्त हुनेमा आफू विश्वस्त भएको बताउनुभएकाे थियाे ।
उहाँले ट्वीटरमा लेख्नुभएकाे छ- ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले ऊर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्‚ ‘नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु।’
प्रवक्ता श्रेष्ठकाे उक्त धार’णाप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहनु भएका थापाले सामाजिक सञ्जालबाटै आपत्ति जनाउनु भएकाे छ । उहाँले प्रवक्ताको लविङ ‘काम कुरो एका’तिर कुम्लो बोकी ठिमीतिर’ भनेर व्यंग्य गर्नुभएकाे छ ।
उहाँले फेसबुकमा लेख्नुभएकाे छ- ‘सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्ति’गत दबाब र लबिङ? पार्टीको हाल जिम्मेवारी यही हो र?
सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र?’
स्वयंमसेवक परिचा:लनका सम्बन्धमा पनि थापा आफ्नै विभा’ग प्रमुखमाथि खनिनुभएकाे छ । प्रवक्ता श्रेष्ठले आइ’तबार आफ्नो सचिवालयले कोरोना नियन्त्रणका स:म्बन्धमा स्वयंसे’वक परिचालन गर्ने भन्दै सामाजिक सञ्जाल ट्विटरबाट घोषणा गर्नुभएकाे थियाे ।
आफ्नो सचिवालयमार्फत स्वयम’सेवक दस्ता परिचालन गर्ने घोषणा गरेको विषयमा समेत थापाले ‘कहिले मरिन् सासु? अहिले आए आशु’ भन्ने उखान हालेर आफ्नै प्रचार विभाग प्रमु’खलाई उडाउनुभएकाे छ ।
‘…अहिले आए आाँसु“जस्तो गरी निजी हिसा’बमा ‘स्वयंसेवा दस्ता’ परिचालनको घोषणा अर्काे उदेक’लाग्दो कार्य जानकारीमा आयो । यो संगती र सरोकार नै नभएको कुरा भयो ।
चैत १० गतेदेखि लकडाउन गरेर यहाँसम्म आइपु’ग्दा सिंगो देश कोरोनासँग जुध्न सक्रिय छ,’ थापाले फेसबुकमा लेख्नुभएकाे छ ।
यस्तो छ थापालेको स्ट्याटस
१.कुलमान घिसिङको पक्षरवि’पक्षका’ यतिबेला आआफ्ना मतरअभिमत होलान् । मलाई त आफ्ना निम्ति यो नजाने गाउँको बाटो सोध्ने झमेलामा पर्न रुचि छैन। तर एक अवधि पूरा गरेर हिजो विदा भ’एका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ता’को यस खुल्ला लबिङले कतै…कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि ?
‘नेपाल आमाका सपूत’ को पुनर्नियु’क्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ? सरकारले गर्ने का’ममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य नि’र्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ ?
पार्टीको हाल जिम्मेवा’री यही हो र ? सबै नेता’हरूले आफ्नो निकट वा मन परेका व्यक्ति’को यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुने’लाई हुनेतिर धकेल्नु स्वस्थक’र हुन्छ र ? सरकारको मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसो गरेर के गर्न खोजिएको ?
पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृह’कार्यको संस्थागत दायित्व पनि होइन, अनि यो तरिका किन ? के आशय, अभि’प्राय र नियतबाट उत्प्रेरित होला ? बुझ्नै पो कठीन भयो !
२. प्रवक्ताको व्यक्तिगत सचि:वालयअन्तर्गत “…अहिले आए आाँसु“जस्तो गरी निजी हिसाबमा “स्वयंसेवा दस्ता“ परिचालनको घोषणा अर्काे उदेकलाग्दो कार्य जान:कारीमा आयो । यो संगती र स:रोकार नै नभएको कुरा भयो । चैत १० गतेदेखि लक’डाउन गरेर यहाँ’सम्म आइपुग्दा सिंगो देश कोरोनासँग जुध्न सक्रिय छ ।
जसको पार्टी जिम्मेवारी स्वयं:सेवक परिचालन होइन र त्यस्तो कार्यविभाजन कहींकतै छैन । यसमा ए:काएक किन रुचि बढेको होला ? जुन काम सरकार, स्वास्थ्य मन्त्रालय, सिसिएम्सी र राज्य:का विभिन्न निकायहरू लागेर गरि’रहेका छन्,
अनि पार्टी प्रवक्ताले यसरी स्वयंसे’वक परिचालन गर्ने, त्यो पनि आफ्नो सचिवालयअन्तर्गत व्यक्तिगत निर्णयबाट ? यसकामको लागि संस्था’गत निर्णय, अख्ति यारी र अनुमोदन पनि आवश्यक नै नपर्ने ? वितेका छ महिनासम्म केही गर्नुनपर्ने, सा’तौं महिना लाग्ने बेला यो के गर्न खोजि’एको होला ? आपतविपद भनेको अहिले धून बजा’उँदै आएको त होइन होला ? कि यी दुबै संस्था’गत निर्णय नै उहाँबाट सार्वजनिक गरिएको हो ?
म प्रचार विभागको उपप्र’मुखको जिम्मेवारीमा रहे’का कारण यसमा निकै खसखस लागेर आयो । सार्वज’निक रूपमा प्रचारित विषय हुनाले सार्वजनिक रूपमै यी दुई जिज्ञासा राख्न उपयु’क्त सम्झेको सम्बद्घ सबैमा निवेदन गर्दछु। – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्