Sunday, September 24

‘आफ्नै कार, नेपालगञ्ज र पोखरामा घर, ३३ वर्षिय युवती’ यति भएपछि केटा’लाई के चाहिन्थ्यो र !

September 17, 2020 82003

सानू दहितको नाममा फेसबुक आइडी, प्रोफाइलमा सुन्दर फोटो । फेसबुकमा जोडिए नवलपरासीका युवा । च्याटमा गफ शुरु भयो । फोनमा पनि निरन्तर कुरा हुन थाल्यो ।

केटाले भिडि’यो कल गरौं भन्दा केटी मानिरहेकी थिइनन् । किनकी, उनी फेसबुकको प्रोफाइलमा राखेको फोटोजस्तो सुन्दर थिईनन् । फोनमा भेट्ने कुरा भयो । केटीले पोखरामा पनि आफ्नो घर रहेको बताइन् । नेपालगञ्जमा व्यापार व्यवसाय गरेको फूर्ति लगाइ’रहिन्।

केटा अझ आकर्षित हुँदै गए। भेट्ने कर गर्न थाले। केटी पनि राजी भइन् र भनिन्, ‘म आफ्नै गाडीमा पोखरा’को घरमा जाने तयारीमा छु। त्यही बेलामा बाटोमा भेटौला र पोखरासँगै जाम्ला ।’

फेसबुके प्रेमीकासँग रो’मान्स गर्ने सपना देखेका केटाले छिटो आउन कर गरिरहे। एक दिन केटी नेपालगञ्जबाट हिडेको बताइन् ।

उनले चन्द्रौटामा पुगेपछि पैसा, गहना, मोबाइल चोरी भएको र आफू अ’प’ह’र’णमा परेको बताइन्। प्रहरीलाई फोन गरिन्, ‘म शौचालयमा छु । चार जनाले मलाई अ’प’ह’र’ण गरेका छन् । अर्को ठाउँमा लैजाने कुरा गर्दैछन् । मलाई उद्दार गर्नु पर्यो।’

घटना भदौ २६ गतेको थियो । बाँके प्रहरी, प्रदेशका डीआइजी हुँदै कुरा हेडक्वाटरसम्म पुग्यो । जिल्ला र प्रदेशमात्रै होइन, पुरै हेडक्वाटर नै परिचालन भयो । फोनको लोकेसन हुँदा नेपालगञ्ज नै देखाइरहेको थियो । 

प्रहरी’ले भोलीपल्ट २७ गते नेपालगञ्जको फूल्टेक्रामा उनलाई भेटायो । बर्दियाबाट नेपालगञ्ज आएर बसेकी ३३ वर्षकी आशिक कुमारी चौधरीले यो सब नाटक गरेकी थिइन् । प्रहरीले केरकार गर्दा उनले केटाले भेट्न कर गरेपछि आफूले नाटक र’चेको बताएकी छन् । 

बाँके प्रह’री प्रमुख एसपी ओमबहादुर रानाले आइतबार अपरान्ह पत्रकार सम्मेलन गरेर घटना बाहिर ल्याएका हुन् । प्र’हरीले झुठो मुद्दा र गलत सूचना प्रवाह गरेको आरो’पमा कारबा’ही प्रक्रिया अघि बढाएको छ । – जनबोलीबाट [सबैलाई सचेत गराउन केहि समय अघिको यो घटनालाई फेरी पुन शेयर गरिएको हो}

प्रतिकृया दिनुहोस्