हिन्दू परम्परा’नुसार मलमा’सको अवधि’मा शुभ कार्य गर्न नहुने धर्म:शास्त्रका विज्ञले बताए’का छन् । आज अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मल:मास असोज ३० गते राति १ः५३ बजे’सम्म रहनेछ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ ।
वाल्मीकि विद्या’पीठ धर्मशास्त्र विभाग’का प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समय’लाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउँछन् । मल’मासमा विवाह, व्रतबन्ध, पक्ष’अनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उनको भनाइ छ ।
उनले भने,“नित्य कर्महरु, नैतित्यक कर्महरु मल’मासभित्र गर्न सकिन्छ ।” यसमा घरमा गरिने निय’मित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु गर्न मिल्ने उनले बताए ।
मलमासको कृष्ण पक्षमा जन्मिएका वा मृ त्यु भएका’को तिथि निर्धारण गर्दा एक महिना पछि’को गरिन्छ । मल’मासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमती सँगै बस्न नहुने प्रचलन रहेको छ । भट्टराईले भने,“दोस्रो, तेस्रो वर्ष परेमा बार्नु पर्दैन ।”
धार्मिक, सांस्कृतिक अध्येता डा. गुरु’प्रसाद सुवेदी मलमासमा गृहस्थ जीवन शुरु गर्न नहुने बताउँछन् । उनका अनुसार विशेष संस्कारका कर्महरु, नान्दीमुखी श्राद्ध गरेर सम्पन्न गरिने सप्ताह जस्ता ठूला यज्ञ र मन्दिरको प्रतिष्ठा कर्म गर्न हुँदैन ।
मलमास चन्द्रमाको गति अनुसारको महिना’भित्र सूर्यको संक्रान्ति परेन भने यो एउटा अधि:कमास हो । यसलाई मलमास भनिन्छ ।
अधिक:मास प्रत्येक तीन वर्षमा एक’पटक आउँछ । प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यसकारण अधि:कमासमा सम्पूर्ण शुभ, देव एवं पितृ कार्य वर्जित मानि’एको उनको भनाइ छ । – खबर हब
प्रतिकृया दिनुहोस्