चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलु’सहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ ।
कालीमाटी फलफूल तथा तर’कारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा किनबेच भइरहेको लौका कीर्तिपुरको खुद्रा पसलमा प्रतिकेजी ११० रुपियाँमा, ६८ देखि ९५ रुपियाँको गोलभेँडा १४० देखि १८० रुपियाँसम्म बिक्री भइरहेको छ ।
भारतले प्याज निर्यातमा रोकेको भोलिपल्टै प्याज आका’शिएसँगै सबै तरकारी महँगिएका छन् । यसको प्रत्य’क्ष मारमा सर्वसा’धारण उपभोक्ता परेका छन् ।
उपभोक्ता अधिका’रकर्मी भने सरकार’का नियमन’कारी निकायले बजार हस्तक्षेप गर्न नसक्ने र बजार व्या’पारी नियन्त्रित हुँदा उपभोक्ता मारमा परेका बताउँछन् । उपभोक्ता अनुसन्धान मञ्चमा अध्यक्ष माधव तिमिल्सिनाले तरकारी मात्र नभई खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडा लगायतको भा:उमा मनपरी रहेको बताउनुभयो ।
नियमनकारी निका’यहरू मिडि’यामा समाचार आएप’छि मात्र बजारको अवलोकनमा जाने र सानाति’नालाई जरिवाना गर्ने र ठूलामा जाँदै नजाने परिपाटी रहेको आरोप लगाउनुभयो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।
पछिल्लोपटक काठमाडौँ महानगर’पालिका, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उद्योग, वाणि’ज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वयं पनि अनुगमनमा हिँड्नुभयो ।
यसबीचमा उपभोक्ता संरक्ष’ण विभागले उपत्य’काका विभिन्न ठाउँमा तरकारीको अनुगम’नका क्रममा कैफियत भेटिएका व्यापारीलाई उप’भोक्ता संरक्षण ऐनअ’नुसार जरिवाना तथा कारबा’ही गरेर झन्डै १२ लाख बढी त राजस्व नै सङ्कलन भएको दा’बी गरेको छ ।
प्रतिकृया दिनुहोस्