Tuesday, March 28

खुशीको खबर: अब विदेशमा गरेको कमाइ मोबाइलबाटै यसरी सजिलै नेपालमा पठाउन सकिने

September 22, 2020 1012

वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइल’बाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्या’न्वयनमा आएको छ।

नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था गरेको छ। यस्तो व्यवस्था पछि अब पैसा हराउने र समयमा प्राप्त नहुने जस्ता समस्या’को समाधा’नहुने भएको छ।

केन्द्रीय बैंकले मोबा’इल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र डिजिटल वालेट’मार्फत् रेमि’ट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको छ। विद्यमान व्यव’स्था अनुसार विप्रेषण रकम बैं’किङ प्रणाली वा विप्रेषण सेवा प्रदायक कम्पनीले मात्रै पठाउँदै आएका थिए। नयाँ व्यवस्था पछि मोबाइलबाटै सहज रुपमा पैसा पठाउन सकि’ने भए’को हो।

राष्ट्र बैंकको विदेशी विनिमय व्य’वस्थापन विभागले एक परिपत्र मार्फत विदेशमा रहेका नेपा’लीले विद्युतीय माध्यम’बाटै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो।

बैंकका अनुसार त्यस’का लागि नेपालका बैंक तथा वि’त्तीय संस्था एवम् विप्रेषण सेवा प्रदा’यक कम्पनीले विदेशमा काम गरिरहेका नेपाली कार्यरत रहेका देशमा सञ्चाल’नमा रहेका विद्युतीय भुक्तानी गर्ने संस्था’सँग भने आवद्ध हुनुपर्ने व्यवस्था गरिएको छ।अन्नपूर्ण पोस्ट्मा खवर छ ।

राष्ट्र बैंकको विप्रे’षण विनियामावली २०७६ को साविक’का व्यवस्थाका साथमा अतिरिक्त तोकि’एको सर्त र सीमा’सहित सम्झौता गरी विद्युतीय माध्यमबाट नेपालमा रकम पठाउन सक्ने व्यवस्था गरिए’को छ ।

प्रतिकृया दिनुहोस्