कृत्रिम अभाव गराई कालोबजारी गरिरहेका व्यापा’रीबाट जफत गरेको प्याज सरकारले सर्व’साधारणलाई बेच्ने भएको छ ।
मंगल’बार बसेको जिल्ला प्रशासन का’र्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित सं’रक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनील’गायतको संयुक्त बैठकले जफत गरिएको प्याज बि’क्री गर्ने निर्णय गरेको हो ।
सर्वसाधारणलाई प्रतिकिलो ६० रुपैयाँ नबढ्ने गरी बिक्री गर्न आदेश दिइएको जिल्ला प्रशा’सन कार्यालय काठ’माडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानका’री दिए । ‘कर्मचा’रीले प्याज सिल गरेका छन्, कालो’बजारी ऐन’अनुसार मु’द्दा दर्ता हुने प्रक्रि’यामै छ ।
तर प्याज बिग्रने/नासिएर जाने अ’वस्था भयो,’ उनले भने, ‘पैसा धरौटी रकम खाता’मा जाने गरी प्याज बेच्ने निर्ण’य गरेका छौं ।’ सिल गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी’लाई प्रति’किलो ५२ रुपैयाँमा बिक्री गर्ने निर्णय भ’एको उनले जनाए ।
कम्प’नीले भने प्याज ढुवानी, प्याकेजिङ, कर्म’चारी खर्चस’हित जोडेर प्रतिकिलो ६० रुपैयाँ नबढ्ने गरी बि’क्री गर्ने दाहा’लले बताए । ‘भन्सार बिन्दुको परल मूल्य प्रति’किलो ४० रुपैयाँ तोकिएको छ ।
कृषि सुधार शुल्क, ढुवानी, लोड अनलोडसहित प्रतिकि’लो ५२ रुपैयाँ तोकेका छौं,’ उनले भने, ‘त्यसमा ७/८ रुपैयाँ जोडेर खाद्यले सर्वसाधा’रणलाई बेच्छ । यो खबर आजको कान्तिपुर दैनिक’मा छापिएको छ ।
प्रतिकृया दिनुहोस्