Thursday, December 7

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? हेर्नुहोस्..

September 24, 2020 7058

पछिल्ला केही दिन’यता नेपाली बजारमा पहेँलो धातुको मूल्य’मा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदे’खि सुनको भाउ निरन्तर ओरा’लो लागेको छ ।

सोमबार प्रतितोला रु ९७ हजार २०० मा कारो’बार भएको छापावाला सुनको मूल्य मङ्गल’बार प्रति’तोला रु एक हजार ७००, बुधबार रु एक हजार २०० र आज प्रति’तोला रु एक हजार २०० ले घटेको छ ।

महासङ्घले आजका लागि छापा’वाला सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकेको छ । बुधबार छापा’वाला सुनको मूल्य प्रति’तोला रु ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० कायम भ’एको थियो ।

यस्तै बिही’बार चाँदीको मूल्यमा पनि प्रति’तोला रु ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रति’तोला रु एक हजार १२० तोकि’एको छ।रासस

प्रतिकृया दिनुहोस्