Thursday, December 7

‘पाखे’ भनेको भन्दै चर्को आलो’चना भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले दिए यस्तो स्पष्टीकरण

September 24, 2020 2467

प्रधान’मन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाह’कार सूर्य थापाले आफूले कसैलाई पाखे नभनेको भन्दै स्पष्टी’करण दिनुभएकाे छ ।

एक अन्तर्वार्तामा थापाले कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरूलाई ‘पाखे’ भनेकाे भन्दै समाजिक सञ्जा’लमा अहिले आलो’चना भइरहेको छ ।

साेही विषयमा प्रेस सल्लाहकार थापाले बुधबार ट्विटर’मार्फत आफूले ‘पाखे’ नभनेर ‘एकपाखे’ भनी टिप्पणी गरेकाे स्पष्ट पार्नुभएकाे छ । उहाँले ‘एकपाखे’ भनेकामा यस:लाई एकथरी मानिसले अतिरञ्जित गरी दुष्प्रचार गरेको गुनासो पनि गर्नुभएकाे छ ।

‘मैले पाखे भनेको भनेर एकथरी दुराशय बोकेका व्यक्तिहरूले अति गरिरहेको पाएँ,’ थापाले ट्विटरमा लेख्नुभएकाे छ,

‘एकपाखातिरको कुरा गरेर अर्कोपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको स्पष्ट भनेको छु। त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्न आग्रह गर्दछु।’ यो खबर न्युज२४नेपा’लमा छ ।

प्रतिकृया दिनुहोस्