Tuesday, March 28

अर्जुन घिमिरे (पाँडे) को आज जन्मदिन, कति वर्षमा लागे उनी ? हेर्नुहोस्

September 25, 2020 3287

चर्चित हास्यकलाकार अर्जुन घिमिरे (पाँडे)को आज जन्मदिन परेको छ । उनी आज आफ्नो ३४ औं जन्मदिन मनाउदैछन् । असोज ९ गते नुवाकोटको ओखरपौवा गाविस वडा नं ४ मा जन्मिएका अर्जुन घिमिरे (पाँडे) हास्यश्रृखंला भद्रगोलबाट निकै चर्चामा आए ।

पछिल्लो समय भने मिडिया हबको बिबा’दपछी उनी नयाँ हास्यश्रृंखला सक्किगोनीमा छन् । जन्मदिनको अवसरमा उनलाई आज धेरै कलाकार तथा मित्रहरुले बिहानै देखी शुभकामना दिइरहेका छन् । हास्यश्रृखंला सक्किगोनीमा अर्जुन घिमिरे (पाँडे) को अभिनय धेरैले रुचाएका छन् ।

त्यस्तै चर्चित हाँस्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुसले बिहानै फेसबुक मार्फत जन्मदिनको शुभकामना दिएका छन् ।

त्यस्तै अर्का हाँस्य कलाकार हरी निरौला कक्रोज ले पनि फेसबुक मार्फत् शुभकामना दिएका छन् , उनले फोटो पोस्ट गर्दै लेखेका छन् :

यात्रामा थिएं तर निस्चित गन्तब्य थिएन समयको बेग संगै जब तपाइ संग ठोकिन आइपुगे तब मेरो जिन्दगिको बास्तबिक यात्रा सुरु भयो। मेरो कलाकारीतामा तपाइको भुमिकालाइ म के भनि ब्याख्या गरु? मेरो गुरु, मेरो अबिभाबक मेरो मार्गदर्सक अनि सबै।

आज तपाइको जन्मदिन हो, जिबनमा बाकिरहेका हरेक दिन, हरेक क्षण सुखमय हुन।हाम्रो सहकार्य सधैभरि यस्तै सुमधुर रहोस तपाइसंग मैले अझ धेरै सिक्न बाकि छ। फेरि पनि यो नातिको तर्फ बाट जन्मदिनको अनगिन्ति शुभकामना हजुरबा ‘

हेर्नुहोस् उनका केही तस्बिरहरु –

प्रतिकृया दिनुहोस्