Sunday, September 24

एकै परिवारका ९ जनाको पहिरो’मा पुरिएर मृ’त्यु , दागबत्ती दिनेसमेत कोहि भएन!

September 25, 2020 2204

पहिरोमा पु’रिएर ज्यान गु’माएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सा’मूहिक दा’हसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित काली”गण्डकी नदीमा सा’मूहिक दा’हसंस्कार गरिएको हो ।

नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाईएको थियो । ६ महीनाका बालक’लाई १९ वर्षीया आमा बिनिता नेपाली’सँगै एउटै चितामा राखेर दा’हसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताउनुभयो ।

सबैजना एकैघरका भएकाले दा’गबत्ती दिने परिवार’भित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीब’लाल परियारले सबै जनालाई दा’गबत्ती दिनुभयो ।

“पहिरोमा पु’रिएर ज्यान गुमा’एका सबैको श’वलाई प्राथमिक अस्पताल वालिङमा पो’ष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दा’हसंस्कार गरेका छौँ”, अध्यक्ष रनपालले भन्नुभयो । एकै परिवारका नौ जनाको एकैपटक दा’हसंस्कार गरिएको यो हृ’दयविदारक घट’ना नौलो भएको अध्यक्ष रनपालले बताउनुभयो ।

दा’हसंस्कारका लागि घा’टमा पुगेका मला’मी तथा आफन्तजन निक्कै भा’वविह्वल भएका थिए । घट’नाले एकै परिवारका नौ जनाको ज्या’न गएपछि अहिले गाउँ नै शो’कमा डु’बेको छ ।

पहिरोमा पुरि’एर जीवि’तै उ’द्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उप’चार भईरहेको छ । मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घट’नामा परी ज्या’न गुमा’उनेप्रति श्र’द्धाञ्जलि तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

नदीनाला बहाव बढ्दै : बाढी पहिरोले १४ को मृ’त्यु, ७ बेपत्ता

पछिल्लो दुई दिन’देखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घ’टना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मान’वीय क्ष’तिसमेत भएको गृहमन्त्रालयले जनाएको छ ।

ठाउँठाउँमा आएको बाढी र खसेको पहि’राका कारण दुई दिनमा मात्रै १४ जनाको मृ त्यु भएको छ । अन्य सात जना हरा’इरहेका छन् भने तीन जना घाइ’ते भएको गृहमन्त्रालयको राष्ट्रिय आ’पत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिनुभयो ।

प्राप्त विवरणअनुसार कपिल’वस्तुमा विद्युत् प्राधिकरणको गाडी खोलाले बगाउँदा एक जनाको मृ’त्यु र दुई जना बे’पत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालि’कामा घर पुरिँ’दा पाँच बेप’त्ता भएका छन् भने एक जनाको मृ त्यु भएको छ । यस्तै धनकुटाको महालक्ष्मीमा पनि एक ज’नाको मृ त्यु भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा एक जना र वालिङ नगरपालिका–१४ मा दुई घर पुरिँ’दा नौ जनाको मृ त्यु भएको केन्द्रका प्रमुख वस्तीले रासस’लाई बताउनुभयो । यस्तै बाग्लुङमा पनि विपद्मा परेर एक जनाको ज्या’न गएको छ ।

लगातारको वर्षाका कारण नदीनालामा बहाव’समेत बढ्न थालेको छ । अझै केही दिन वर्षा जारी रहने र बाढी पहि’रो खस्नसक्ने भएकाले उच्च साव’धानी अपनाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सरेर बस्न सरकारले आम नागरिकलाई आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महा’शाखाका अनुसार आज र भोलि शुक्रबार नारायणी, पश्चिम राप्ती, बबई, तिनाउ, बाणगङ्गा र त्यसका सहायक नदीमा बहाव खतरा आसपास हुनेछ । यस्तै कर्णाली, कोशी, कनकाई, कमला, वाग्मतीमा सतर्कता आसपास हुने भएकाले ती नदीका तटीय क्षेत्रका क्रिया’कलाप नगर्न अनुरोध गरिए’को छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भाव’ना रहेको छ । प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका १÷२ स्थानमा अति भारी वर्षाको समेत सम्भा’वना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्णः मौसम बदली रही धेरै स्थानमा मेघ गर्जन र च’ट्याङसहित हल्कादे’खि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षा र केही ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको जना’इएको छ ।-ताजाखबर

प्रतिकृया दिनुहोस्