Sunday, September 24

आज सुनचाँदीको भाउ कति छ ? हेर्नुहोस्

September 25, 2020 2480

पछिल्ले डेढ महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।

गत साउन २३ मा एक लाख ३ हजार पाँच सय पुगेको सुनको मूल्य घटेर हिजो तोलामा १० हजार चार सय रुपैयाँ घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

लामो समयदेखि लगातार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेपछि मूल्य घट्न गएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो ।पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरावट आएकाले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घट्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।को राना भा इरसको कारणले लगातार बढेको सुनको मूल्य पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बिक्री बढी हुन थालेपछि क्रमिक रुपमा घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

तर हिजोको तुलनामा आज सुनको मूल्य केही बढेको छ । महासङ्घले आजका लागि छापा’वाला सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकेको छ । विहिबार छापा’वाला सुनको मूल्य प्रति’तोला रु ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भ’एको थियो ।

यस्तै बिही’बार चाँदीको मूल्यमा पनि प्रति’तोला रु ४० ले बढेको छ । आज चाँदीको मूल्य प्रति’तोला रु एक हजार १६० तोकि’एको छ।

प्रतिकृया दिनुहोस्