Wednesday, June 23

सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ? हेर्नुहोस्

September 29, 2020 9546

पछिल्ले डेढ महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घ’टेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।

गत साउन २३ मा एक लाख ३ हजार पाँच सय पुगेको सु’नको मूल्य घटेर हिजो तोला’मा १० हजार चार सय रुपैयाँ घटे’र ९३ हजार एक सय रुपैयाँमा कारोबा’र भएको नेपाल सुनचाँ’दी व्यवसायी महासंघले जानकारी दिएको छ ।

लामो समयदेखि लगा’तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप’छि मूल्य घट्न गएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो ।पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरावट आएका’ले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय ब’जारमै सुनको मूल्य घट्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजार’मा पर्न गएको हो ।को राना भा इरसको कार’णले लगातार बढेको सु’नको मूल्य पछिल्लो समय अन्तर्रा’ष्ट्रिय बजारमा बिक्री बढी हुन थालेपछि क्रमिक रुपमा घट्न थाले’को नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

तथापि आज भने सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो । हिजो भाउमा घटबढ भएको थिएन । यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ ।चाँदी आज तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ

प्रतिकृया दिनुहोस्