Monday, August 15

जब ‘राम-नाम सत्य है’ भन्दै मुस्लिमले उठाए हिन्दु छिमेकीको शव (भिडियो सहित)

October 3, 2020 1070

गत शनिबार भारतको उत्तर प्रदेशको बुलंदशहर जिल्लास्थित आनन्द विहारमा एक जनाको नि’धन भयो। रविशंकर नामका ती व्यक्तिको निध’न पछि उनका छोराले आफन्त, साथीभाइ तथा छिमेकी’हरूलाई गुहारे। हिन्दु परम्पराअनुसार श’वलाई नजिकैको नदी किनार/घाटमा लिएर ज’लाउनु पर्छ।

त्यसका लागि कम्तीमा पनि ४-५ जना मान्छे चाहिन्छन् । ती व्यक्तिको के कारणले नि’धन भएको बताइएको छैन । तर कोरोना त्रा’स चलिरहेकाले उनको श’व उठाउन कोही आएनन् ।

उनका छोराले एक्लै बुवाको श’व बोकेर लिन सकेनन् । छिमेकमा मुस्लिम बस्ती थियो । तर उनीहरूको निध’न संस्कार अर्कै हुने भएकाले छोराले आउलान् भन्ने ठानेका थिएनन् । तर केहीबेरपछि मुस्लिम समुदायका मान्छे रविशंकरको घरमा आइपुगे । उनीहरूले रविशंकरका छोराको आँ’शु पुछे र अन्तिम संस्का’रमा आफूहरूले सहयोग गर्ने बताए ।

श’व बाँसमा राखेर बाँधे । श’व उठाएपछि उनीहरूले भने- राम नाम सत्य है । हिन्दुहरूले श व उठाएर घाटसम्म पुर्‍याउँदा राम नाम जप्ने गर्छन् । रविशंकरको मला’मी गएका मुस्लिम छिमेकीहरू दाह’संस्कार गरेर साँझमात्र छोरासँग घर फर्किए ।

मुस्लिम छिमेकीले रविशंकरको श’व उठाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । श’वबाट कोरोना भाइरस सर्छ कि सर्दैन भन्ने अहिलेसम्म यकिन भइसकेको छैन । तर धेरै मानिसहरू भने भाइर’स सर्ने डरले मृ’तकको नजिक जान डराउँछन् ।

यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्