Monday, March 20

प्रधानमन्‍त्रीका प्रेस सल्लाह’कार सूर्य थापा लाई कोरोना संक्र’मण

October 3, 2020 1395

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार दिएको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको थापा स्वयम्ले जानकारी दिए । थापाले आफ्नो सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनको स्टाटस

‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो’, थापाले भने, ‘यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’ पछिल्लो २४ घण्टामा नेपालमा २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ।

प्रतिकृया दिनुहोस्