Thursday, December 9

स्कुटर जलाइएकी महिलाको गुनासो: ‘रोईकराई हात जोड्दा पनि दन्कि’रहेको आगोमा हालिदिए’

October 4, 2020 902

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको विरोधमा उत्रि’एका प्रदर्शन’कारीहरुले रुपन्देही’को तिलोत्तमा नगरपा’लिकाकी कर्मचारी शारदा भट्टराईको स्कूटर जलाएका छन् ।

शुक्रबार (हिजो) आन्दोलन’कारीहरुले भट्र्टराई चढ्ने सेतो नम्बर प्लेटको लु १ ब २४७० को स्कुटरलाई भष्म पारि’दिएका हुन् । उनी रुपन्देहीको तिलोत्तमा नगरपालि’काकी कर्मचारी हुन् ।

शिक्षा शाखाकी अधि’कृत रहेकी भट्टराई नयाँ पाठ्युपुस्तक समायो’जनको कामको लागि बुटवल आएकी थिइन् । तर, उनी आफ्नै स्कुटरमा घर फर्कन भने पाइनन् । स्कूटरको डिकीमा रहेको आफ्नो मोबाइल, पर्स, कागजात तथा छोराका लुगा’समेत निकाल्न नपाए’कोमा उनलाई निकै दुःख लागेको छ ।

उनले सडकमा प्रदेश राजधानी प्रस्ता’वविरुद्ध प्रदर्शन भइरहेको थाहै नपाएकी बताएकी छन् । तर, साँझ पौने ६ बजे काम सकाएर घर फर्किने क्रममा मात्र प्र’दर्शन भइरहेको थाहा पाएकी उनले बताइन् । बुटवल–११, देवीनगर हुँदै घर गइरहेको समय’मा होराइजन चोकमा भीड रहेको र उक्त ठाउँमा टायर बालि’एको उनले बताइन ।

साथै टायर बालिएको ठाउँबाट चार/पाँच जना आएर आफूलाई स्कुटरबाट झर्न लगाएको र आफू नगरपालि’काको कर्मचारी रहेको भन्दा पनि केही नसुनिकन स्कूट’रलाई ज’लाएको उनले गुनासो पोखिन् ।

आफूले रोई’कराई हात जोड्दा पनि स्कुटर लगेर दन्किरहेको आगोमा हालिदिएको उनले बताइन् । इलाका प्र’हरी कार्यालय बुटवलले उक्त घट’नामा संलग्नहरुको खोजी भइ’रहेको जनाएको छ । – न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्